ड्यामसाइडलाई स्व.बलराम केसी स्मृती कास्की लिगको उपाधी

पोखरा, २९ वैशाख/आठौं संस्करणको स्व.बलराम केसी स्मृती कास्की लिग फुटबल प्रतियोगिताको उपाधी ड्यामसाइड क्लवले जितेको छ ।

पोखरा रंगशालामा विहिबार सम्पन्न फाइनल खेलमा विष्णुपादुका हेम्जालाई २–१ गोलले पराजित गर्दै ड्यामसाइडले उपाधी आफ्नों नाम गराएको हो । ड्यामसाइडको जितमा संजय बुढाथोकी र सुनिल विकले एक एक गोल गरे । हेम्जाको तर्फबाट सक्षम कार्कीले एक गोल गरेको थिए ।

कास्की जिल्ला फुटवल संघद्वारा आयोजित प्रतियोगितामा ड्यामसाइडकै सुनिल विक उत्कृष्ट खेलाडी भए । प्रतियोगिता जितेसंगै ड्यामसाइडल नगद २५ हजार साथमा शिल्ड मेडल प्रमाणपत्र पुरस्कार पायो भने उ क्षेत्रिय प्रतियोगिताका लागि पनि कास्कीबाट छनौट भयो । द्धितिय स्थान हाँसिल गरेको हेम्जाले नगद १५ हजारका साथमा कप मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।

विजयी खेलाडीहरुलाई स्वर्गिय बलराम केसीका छोराहरु किरण केसी, निरन केसी, आयोजक संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछाने, उपाध्यक्ष कुमार गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...