एकदिवसीय विश्वकप क्रिकेटः श्रीलंकाको खराब प्रदर्शन, दश विकेटले पराजित

पोखरा, १८ जेठ/ न्युजिल्याण्डका मार्टिल गुप्टिल र कोलिन मुनरोले अर्धशतकीय पारी खेलेपछि श्रीलंका विरुद्धको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दश विकेटले पराजित गदै सुखद शुरुवात गरेको छ ।

टस हारेर व्याटिंग गरेको श्रीलकांले न्युजिल्याण्डका बलर सामु संघर्षरत खेल्दै १३६ रन बनाउँदै अलआउट हुन पुग्यो । सामान्य लक्ष्य पछ्याएको न्युजिल्याण्डका कप्तान मार्टिन गुप्टिलले ७३ रन र कोलिनले ५८ रन बनाउँदै उत्कृष्ठ साझेदारी गर्दै विना विकेटको क्षति जित निकाले ।

मार्टिनले ५१ बल खेल्दै ८ चौका र २ छक्का हिर्काउँदा कोलिनले पनि अर्धशतक पुरा गर्ने क्रममा ४७ बलमा ५८ रन जोड्दा ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

टस हारेर व्याटिंग गरेको श्रीलंकाले करुणारात्नेले अर्धशतकीय पारी खेल्दै उत्कृष्ठ प्रदर्शन गर्न लय देखाए । पहिलो विकेटको रुपमा ४ रनमै थ्रीलमानेलाई गुमाएपछि दबावमा रहेको श्रीलंकाका इनिंगलाई करुणारत्नेले सम्हाले ।

एमडीकेजे परेराले पनि २९ रन हिर्काउँदै स्कोरलाई उकास्ने प्रयत्न गरे । तीन व्याट्सम्यान शून्य रनमै पभेलियन फर्किए । एनएलटिसी परेरले आठौं नम्बरमा आएर व्याटिंग गर्दै २७ रन बनाए । एमजे हेनरी र एलएच फेर्गुसनले ३९३ विकेट लिए ।

कमेन्टहरु
Loading...