पोखरामा अन्तर विद्यालय स्तरीय महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता शुरु

पोखरा, २७ माघ/पोखरामा अन्तर विद्यालय स्तरीय महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता २०७० सुरु भएको छ । सोमबार भएको दुई खेलमा डढेलधुराको एम.एच.एस.एस र काठमाण्डौको त्रिभुवन आर्दशले जित हासिल गरेका छन । चौधरी गु्रपको उत्पादन वाई वाई चाउचाउको सहयोगी प्रायोजनमा पोखरा रंगशालामा भएको उद्घाटन खेलमा डढेलधुराको एम.एच.एस.एसले रुपन्देहिको ए पेक स्कुललाई २ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

त्यसै गरी पोखरा नगर विकास प्रशिक्षण केन्द्र नदीपुरमा भएको अर्को खेलमा काठमाण्डौको त्रिभुवन आर्दशले चितवनको हिमालयन बोर्डिङ स्कुललाई पराजित गरेको हो । पहिला व्याटिङमा उत्रिएको त्रिभुवन आर्दशले निर्धारित २० ओभरमा ९ विकेको क्षेतिमा ५८ रनको योगफल तयार पार्यो । ५९ रनको लक्ष्य पाएको हिमालयनले १८.२ ओभरमा १० विकेको क्षेतिमा ४३ रामै समेटिन पुग्यो । त्रिभुवनको जितमा ३ विकेट लिदै १० रनको योगदान दिएकी कन्चन श्रेष्ठ वुमेन अफ दी म्याच घोषित भईन । त्रिभुवनकी सुस्मा श्रेष्टले ३ विकेट लिदै ६ रन जोडिन ।

अर्को खेलमा ए पेक्सकी बर्ष राना वुमेन अफ दी म्याच घोषित भईन । उनले १ विकेट लिदै ११ रन जोडिन । आरती गिरीले ३० रन, पवित्रा खनालले २१, सविना गौतमले १६ रन जोडिन भने खनालले ४ विकेट लिएकी थिईन । फाल्गुन ३ गतेसम्म पोखरा रंगशाला र पोखरा नगर विकास प्रशिक्षण केन्द्र नदीपुरमा हुने उक्त प्रतियोगिताको उद्घाटन चौधरी गु्रपका ब्रान्च म्यानेजर लाल बाबुले गरेका हुन ।

कमेन्टहरु
Loading...