माछापुच्छे क्रिकेट क्लब पोखरामा जारी क्रिकेट लिगको फाईनलमा

पोखरा, २ जेठ/कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिगको फाईनलमा माछापुच्छ«े क्रिकेट क्लब पुगेको छ । माछापुच्छ«ेले लिगको चौथो खेल खेल्दै पोखरा क्रिकेट एकेडेमीलाई पराजित गर्दै फाईनल पुगेको हो । पोखरा रंगशालामा बुधबार भएको खेलमा ९५ रनले पराजित गरेको हो ।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन, पोखरा राईनोजको सहप्रायोजनमा आयोजित प्रतियोगिताको टस जितेर व्याटिङमा उत्रिएको माछापुच्छ«ेलाई ४० ओभरको खेलमा ३४.२ ओभरमा अलआउट हुदै १५८ रनको स्कोर बनायो । ओपनर दिपेश खत्रीले ३४ रनको इनिङ खेले । मनोज कोईरालाले ३३ र अमृत गुरुङले ३२ बनाए । अन्य व्याट्सम्यानलाई सस्तैमा आउट गरे । एकेडेमीका कप्तान ऋषिकेश शर्माले ५ विकेट लिए । प्रेम गुरुङले ३ विकेट लिन सफल भए ।

१५९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले ईशान श्रेष्ठको सर्वाधिक ११ रनको योगदानमा ६३ रनमा समेटियो । रोशन न्यौपानेले ९ र प्रेम गुरुङले ८ रन मात्रै जोडे । यद्यपी एकेडेमीले ३०.२ ओभरसम्म टिक्दै खेले । माछापुच्छ«ेका कृष्ण बास्तोलाले ५ ओभरमा १३ रन दिदैं ४ विकेट लिए । अनुप श्रेष्ठले पनि ४ ओभरमा ६ रन दिदैं २ विकेट लिन सफल भए । बास्तोला म्यान अफ दि म्याच घोषित भए । उनलाई सेवा हस्पिटल प्रालि पोखराका प्रवन्ध निर्देशक डा. पदमबहादुर खड्काले ट्रफी हस्तान्तरण गरे ।

बिहीबार पोखरा क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लब बीच खेल्ने छ । पोखरा क्रिकेट क्लबले जित निकालेको अवस्थामा फाईनल सुरक्षित गर्ने छ । यदि अरण्यज्योतिले जित निकाले ४ अंक हुने छ । र सांग्रिला क्रिकेट क्लबसँग रनरेटको आधारमा फाईनल सुरक्षित गर्ने प्रतियोगिताका संयोजक ओमप्रकाश श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...