नेपाली क्रिकेटले रच्यो ईतिहास

हङकङलाई हराउँदै ट्वान्टी-२० विश्वकपमा

पोखरा १२ मंसिर । हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । नेपाली क्रिकेटले अहिलेसम्म पाएको यो ऐतिहासिक सफलता हो । जितसँगै नेपालले सेमिफाइनलमा स्थान पनि बनाएको छ । सेमिफाइनलमा अफगानिस्तानसाग खेल्नेछ ।


खेलपछि नेपाली टोलीका कप्तान पारस खड्काले नेपालको जित ठूलो उपलब्धी भएको भन्दै यसलाई व्यक्त गर्ने शब्द नभएको बताए । सम्पूर्ण नेपाली खेलाडीको प्रदर्शन अविश्वनीय रहेको भन्दै उनले भनेका छन् ’यो नेपाली क्रिकेटको ठूलो सफलता हो । यसलाई व्यक्त गर्ने शब्द छैन मसँग । हामी धेरै खुसी छौं ।’

Paras khanda

बुधबार अबुधावीमा हङकङले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेटको क्षतिमा भेट्टायो । १८।३ ओभरमा कप्तान पारस खड्का ४६ रनमा आउट भएपछि नेपालको जित अनिश्चित भएको थियो । सदर भेसवाकरले १ र पारसको स्थानमा आएका प्रदीपले २ रन बनाएपछि नेपालले १९ ओभरमा १ सय ३१ रन बनायो र अन्तिम ओभरमा नेपाललाई १३ रन चाहिएको थियो ।

cricket

अन्तिम ओभरको पहिलो बलमा सरद भेसवाकरले छक्का हाने भने दोस्रो बलमा चार रने जोडेपछि नेपाल जिततर्फ उन्मुख भयो । तेस्रो बलमा १ रन लिएका भेसवाकरले चौथो बलमा रन लिएनन् । त्यसपछि ३ बलमा २ रन चाहियो । तर, चौथो बलमा भेसवाकरले रन लिन सकेनन् भने पाँचौं बलमा १ रन लिँदै नेपालको रन हङकङको समान १ सय ४३ पुग्यो । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा प्लेयर बक्समा रहेका नेपाली खेलाडी र खेल हेर्न उपस्थित समर्थकहरु हात जोडेर प्रर्थन गरिरहेका थिए । हसेवको बलमा सरद भेसवाकरले १ रन लिएपछि नेपालले रोमान्चक जितसँगै विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।

नेपालका लागि ४३ बलमा २ चौकासहिशत ४६ रन बनाएका पारस म्यान अफ दि म्याच बने । उपकप्तान ज्ञानेन्द्र मल्लले ३ चौकाससहित ३० रन जोडे भने सागर पुनले २१, सुवास खकुरेलले १६ रन बनाए । नेपालका लागि एक मात्र छक्का हानेका सरद ७ बलमा १३ रनसहित अविजित रहे । विनो भण्डारीले ७ र प्रदिप ऐरीले ३ रन बनाए ।

यसअघि पहिले व्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । नेपालका लागि जितेन्द्र मुखियाले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने अविनाश कर्णले २८ रन लिएर २ विकेट लिए । पारस खड्काले १ विकेट हात पारे ।

फोटो : क्रिकेटको फेसबुक पेज

कमेन्टहरु
Loading...