कोपा अमेरिका फुटबलः अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड

पोखरा, २२ असार/कोपा अमेरिका फुटबलमा चिलीलाई हराउदै अर्जेन्टिना तेस्रो भएको छ ।

कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हरायो ।

आइतबार विहान भएको खेलमा लिओनल मेस्सीले १४ वर्ष पछि रातो कार्ड पाए । उनको खेल जिवनको दोस्रो रातो कार्ड भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

अर्जन्टिनाको जितमा सर्जियो अग्युरो र पाउल डिबलाले गोल गर्दा चिलीका लागि अर्टुरो भिडालले पेनाल्टी मार्फत गोल गरेका थिए ।

कमेन्टहरु
Loading...