अखिल नेपाल फुटबल प्रशिक्षक संघको महासचिवमा राजेश र कोषाध्यक्षमा उर्जन मनोनित

पोखरा, ४ जेठ/अखिल नेपाल फुटबल प्रशिक्षक संघको शनिबार पोखरामा बसेको बैठकले दुईवटा महत्वपूर्ण निर्णय गरेको छ । संघका अध्यक्ष विनोद लामाको अध्यक्षमा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनित गर्दै कार्यसमितिलाई पूर्णता दिईएको छ ।

संघको २०७४ माघ २३ गते निर्वाचित कार्यसमितिले १५ महिनापछि महासचिव र कोषाध्यक्ष मनोनित गर्दै कार्यसमितिलाई पूर्णता प्रदान गरिएको हो । महासचिवमा राजेश खड्गी र कोषाध्यक्षमा उर्जन श्रेष्ठलाई मनोनित गरिएको संघका अध्यक्ष लामाले जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को विधान अन्तर्गत गठित संघ १६ वर्षअघि स्थापित भएको हो । १६ वर्ष अघि समिति मार्फत संघको शुरुवात गरिएको हो । राजुकाजी शाक्य संघका तत्कालिन अध्यक्ष थिए । लामो समयपछि फेरी संघलाई जीवन्तता प्रदान गर्ने उद्देश्यसहित निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको थियो ।

महासचिवमा नियुक्त हुनु राजेश खड्गी २०५३ सालदेखि फुटबलमा आवद्ध छन् । उनले आरसिटी व्यवसायिक फुटबल करियर शुरु गरेका थिए । त्यसपछि २०५५ सालमा मनाङ मस्र्याङदीमा ६ वर्ष वर्ष बिताए ।

६ वर्ष विताउने क्रममा दुई शहीद स्मारक ए डिभिजन लिग च्याम्यिन बनाउन महत्वपूर्ण भूमिका खेलेको समेत संघले जनाएको छ । त्यसपछि थ्रीस्टार क्लबका आवद्ध हुदैं ६ वर्ष रहे । नेपाली फुटबलको राष्ट्रिय टोलीको उपकप्तान समेत सम्हाल्दै फुटबल खेलाडीबाट विश्रामलिदैं प्रशिक्षण तर्फ अग्रसर रहेका छन् ।

२०६४ सालमा उत्कृष्ठ खेलाडी समेत घोषित हुदैं पुरस्कार पाउँदा उनी फुटबलको उद्धरार्थमा पुगिसकेका थिए । दुई वर्ष अघि मात्रै उनले एएफसी सी लाईसेन्स लिएका थिए । उनले एनआईएस प्रशिक्षण कोर्ष समेत गरिसकेका छन् ।

कोषाध्यक्षमा नियुक्त भएका उर्जन श्रेष्ठ एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले पनि लामो समय नेपाली फुटबलमा बिताईसकेका छन् । दुई पटक थ्रीस्टारलाई लिग विजेता हुदाँ उहाँ महत्वपूर्ण खेलाडीको रुपमा रहेका थिए । संघको बैठकमा ८ जना सदस्यहरुको उपस्थिति रहेको थियो । महासचिब र कोषाध्यक्षलाई कास्की जिल्ला फुटबल सघंका अध्यक्ष मिलन गुरुङले खादा लगाइ स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...