मुख्यमन्त्री कप फुटबलमा ११ जिल्ला कै टिम सहभागी हुन पाउने

पोखरा, २७ पुस / पोखरामा माघ पहिलो साता हुने मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागीता जनाउने भएका छन् । यसअघि आयोजक एन्फाले ८ जिल्ला मात्रै सहभागी हुन पाउने जनाएको थियो ।

तर आइतबार एन्फाले बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङले सिधै सहभागी हुन पाउने व्यवस्था गरेको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका सात जिल्लामा मात्रै खेल्न पाउने र बागलुङ एन्फाले जिल्ला लिग समयमै नगरेकोले कारबाहीमा परेको अन्य तीन जिल्ला दर्ता नभएका कारण पर्वत, म्याग्दी, मुस्ताङसंग क्वालिफाइइङ म्याच खेल्नुपर्ने र विजेताले मात्रै सहभागी हुने बताएका थिए ।

तर आइतबार क्वालिफाइड नभई सिधै प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरेको जानकारी दिए । चार जिल्ला खेल नखेली सिधै सहागी हुन पाउने निर्णय भएको छ अध्यक्ष गुरुङले भने । अव प्रतियोगितमा गण्डकी प्रदेशका ११ जिल्लानै सहभागी हुने भएका छन ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलो पटक मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फाका अनुसार माघ ५ देखि १३ गतेसम्म पोखराको लेखनाथस्थित भण्डाढिक खेल मैदानमा प्रतियोगिता आयोजना गरिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

देश संघीय व्यवस्थामा गएपछि एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेश स्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक आयोजना हुने भएको हो । प्रतियोगिताका संयोजक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापाका अनुसार प्रतियोगितामा आठ जिल्लाले सहभागीता जनाउने छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङले सबै जिल्लालाई समावेश गरेर प्रतियोगिता गर्न आग्रह गर्नुभएपछि एन्फाले क्वालिफाइङ राउण्ड खेलाउने र विजेता जिल्लाले सहभागी हुन पाउने व्यवस्था गरिएको छ । चार टिम बिचको खेल पुस २८ गते वागलुङ र म्याग्दीमा हुनेछन । जस अनुसार पर्वतले पहिलो राउण्डमा पर्वतसंग र म्याग्दीले मुस्ताङसंग खेल्ने छ ।

लिग कम नक आउटका आधारमा संचालनमा हुने मुख्यमन्त्री कपमा जिललका लिग बिजेता टिम स्याङजा बाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङ बाट त्रिवेणी यूवा क्लब, गोर्खाबाट बौद्ध हिमाल क्लब, कास्की बाट आर्दश क्लब, नवलपुर बाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबले सहभागीता जनाउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागिहुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले ४० लाख नगद रुपैयाँ सहयोग गर्ने एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख खर्च हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...