छोरेपाटन सेभेन ए साइड कप शुक्रबारदेखि

पोखरा, २० फागुन/छोरेपाटन फुटवल क्लवको आयोजनामा शुक्रबारदेखि यु–१५ छोरेपाटन कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । छोरेपाटन स्थित तिबेतन क्याम्प खेल मैदानमा हुने प्रतियोगितामा १२ टिमले नाम दर्ता गराइसकेका छन् भने अन्य टिम आउने क्रम जारी रहेको प्रतियोगिता संयोजक विवेक सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहले कप, मेडल तथा नगद पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा सेमिफाइनलदेखि हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई पुरस्कृत गरिने क्लवका अध्यक्ष भिम गुरुङ्गले बताए । शनिबार सम्म चल्ने प्रतियोगितामा भाग लिन शुक्रबार दिउसो सम्म टिम दर्ता गराउन सकिने क्लवले जनाएको छ ।

कमेन्टहरु
Loading...