विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत

साउन २१,पोखरा/पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए ।नेपालका सबै ठाउँमा तेक्वान्दो खेल्न सकिने भन्दै नेपालमा यो खेलको राम्रो विकास हुन सक्ने सम्भावना औल्याए ।

उनले नेपाली खेलाडीहरुपनि यो खेलमा निकै प्रतिभाशालि भएको बताए । नेपाललाई सहयोग गर्न अन्र्तराष्ट्रिय महासंघ तत्पर रहेको उनले विश्वास दिलाए ।यो खेलको शुरुवात कोरियाबाट भएपनि अहिले संसारभरका विभिन्न २ सय १० राष्ट्रमा यो खेलको प्रभाव रहेको चोइले बताए ।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, महासचिव दिपराज गुरुङ्ग, संघका गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङ्ग, महासचिव रमेश पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, नेपाली सेनाका पृतनापति काजिबहादुर खत्रि, अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई लगायतले स्वागत गर्दै यहाँको तेक्वान्दोको अवस्था बारे अवगत गराएका थिए ।

कमेन्टहरु
Loading...