चीनमा भएको प्याराग्लाइडिङ्ग प्रि वल्र्ड कपमा नेपालका थापा तेस्रो

पोखरा, १७ जेठ/चिनको हिनान प्रान्तको लिनझ्याउमा २०७५ जेठ १२–१७ मा सम्पन्न प्याराग्लाइडिङ क्रस कन्ट्रि प्रि वल्र्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका छन ।  करिब ६ दिन सम्म चलेको प्रतियोगितामा नेपालका कृष्ण बहादुर सुनवारले पाँचौ स्थान प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।

उक्त प्रतियोगितामा चिनले प्रथम र रशियाले दोश्रो स्थान हात पार्न सफल रहेका महासचिव राउतले बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपाल बाट ७ सदस्यिय टोली चिन गएको थियो । टोलीको प्रशिक्षकमा नेपाल हवाई खेलकुद संघ (ना) का अध्यक्ष योगेश भट्टराइ र टिम ब्यबस्थापकमा नेफाका सचिव इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुबेदी रहेका थिए ।

यो जितले इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली खेलकुदमा नेपालले पदक प्राप्त गर्न सक्छ भन्ने सन्देश समेत दिएको नेफाका महासचिब राउतले बताए । उनले सन २०१८ को नोभेम्वरमा नेपालमा आयोजना हुने प्याराग्लाइडिङको विश्वकपमा समेत नेपालका खेलाडीले उच्च स्तरको खेल पर्दशन गर्ने क्षमता रहेको बताए ।

कमेन्टहरु
Loading...