छात्रा भलिबलको उपाधि केफलाई

राष्ट्रिय महिला भलिबल शनिबार देखि

पोखरा १३, भदौं/ “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ पोखराको लामाचौरमा जारी लामाचौर तीज महोत्सव जारी रहेको छ । महोत्सवको दोश्रो दिन शुक्रबार छात्रा भलिवल सम्पन्न भएको छ ।

महोत्सवमा शुक्रबार सम्पन्न भएको अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि करुणा निधि एजुकेशन फाउण्डेसन (केफ) ले जितेको छ । केभले फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टप्स उच्च माविलाई २५—१९, १९—२५, २५—१८, २२—२५, १५—१० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार रहेकोे छ ।

शनिबार नै सम्पन्न भएको एकल नृत्य प्रतियोगिताको उपाधि समिक्षा रानाले जितेकी छन्। त्यसै गरी प्रतियोगितामा समृद्धि पाण्डे दोश्रो, बर्षा क्षेत्री तेश्रो र दिपिना गुरुङ शान्त्वना भएकीछन्।

विजेता प्रतियोगिहरुलाई गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा, समाजका अध्यक्ष कमलबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका हुन्। प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ७ हजार, र तृतिय पुरस्कार ५ हजार रहेको सांस्कृतिक संयोजक दीलबहादुर थापाले बताए ।

कमेन्टहरु
Loading...