पोखरामा तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता हुने

पोखरा, १७ चैत /बुल्समेन क्लब पोखराले आयोजना गर्ने पोखराको प्रतिष्ठित र चर्चित खेल मध्येको एक “तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता–२०७५” को तयारी सुरु गरिएको क्लबले जनाएको छ । क्लबले शनिबार पोखरामा गरेको एक कार्यक्रममा क्लबका अध्यक्ष नुना गुरुङले सो कुरा जानकारी गराएका हुन ।

अध्यक्ष गुरुङका अनुसार उक्त प्रतियोगिता २०७५ भदौ १६ गते पोखरामा भब्यका साथ आयोजना गरिने जानकारी दिए । उनले भविष्यका कर्णधार युबाहरुलाई शारिरिक रुपमा जोशिलो बनाउँदै समाजको दिगो बिकासमा अघि बढाउन शारिरिक सुगठन महत्वपूर्ण रहेको बताउँदै शारिरिक ब्ययाम दिर्घ जिवनका लागि आवश्यक समेत रहेको औंल्याए ।

पोखरामा हरेक दुइ वर्षमा आयोजना हुने बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता सबै खेल प्रेमीहरुका लागि प्रतिक्षाको विषय रहेको बताउँदै अध्यक्ष गुरुङले बुल्समेन क्लब समाजसेवामा पनि सर्मपीत रहेको उल्लेख गरे । स्थापनको छोटो समयमा नै क्लबले चन्द्रिका अधारभुत विद्यालय स्याङजा, कन्या क्याम्पस नदिपुरलाई विविध शैक्षिक सामाग्री र सरिता गुरुङ फाउण्डेशन र खेलकुदका विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको जानकारी गराए ।

क्लबले आयोजना गर्ने तेश्रो संस्करणको प्रतियोगितामा पहिलो पटक महिलाहरुको समेत सहभागिता रहने क्लबले जनाएको छ । प्रतियोगितामा देशका करिब १ सय ५० प्रतियोगीहरुको सहभागिता रहने जानकारी दिंदै क्लबले ओभरअल च्याम्पियन एक जनालाई नगद ३ लाख प्रदान गरिने छ । यसै गरि हरेक तौल समुह प्रथम, द्वितिय र तृतियलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख खर्च लाग्ने बताइएको छ । प्रतियोगिता बाट भएको आम्दानीले पोखरा रंगशालमा सुबिधा सम्पन्न तथा आधुनिक व्ययामशाला निर्माण गरिने र यो सबैका लागि सर्वसुलभ हुने क्लबले जनाएको छ ।

कमेन्टहरु
Loading...