दशौं खुल्ला वुद्धिचाल प्रतियोगिता हुने

पोखरा, २ पुष /कास्की जिल्ला वुद्धिचाल संघ कास्कीको आयोजनाम दशौ खुल्ला वुद्धिचाल प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता पुष ५ गते देखि ७ गते सम्म पोखरा– २५ हेमजा स्थित रिभरडेल रेष्टुरेण्ट याम्दीमा हुने छ ।प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्धितीयले ९ हजार, तृतीयले ६ हजार, चतुर्थले ३ हजार पाँचौले २ हजार र छैटौ देखि दशौं सम्मकाले १÷१ हजार पाउने कास्की जिल्ला वुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रथम द्धितीय तृतीयले ट्रफी मेडल र प्रमाण पत्र, चौथा देखि दशौं सम्मका विजेताले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई ३ सय र अन्यलाई ५ सय तोकिएको छ ।प्रतियोगितामा करिव १ सय जना प्रतियोगिले सहभागिता जनाउने अपेक्षा गरिएको कास्की जिल्ला वुद्धिचाल संघका सदस्य मिनराज तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...