बि–१३ लाई तेस्रो बिरेन स्मृति १३ औं बिटी कपको उपाधि

पोखरा २५ चैत /बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो विरेन स्मृति १३ औ बिटी कपको उपाधि एस. वाई.सि बि¬–१३ ले जितेको छ ।

सोमबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा एफसीलाई २–१ को गोल अन्तरले पाराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै बि–१३ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ३१ हजार १ सय ११ प्राप्त ग¥यो भने उपबिजेता तारा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८१ ह्जार १ सय ११ मा चित्त बुझायो ।

बि–१३ को जितका लागि शिब सुबेदीले दोस्रो हाफामा सानदार २ गोल गर्दै सो खेलको म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडीको हकदार बने । उनले ट्रफि सहित नगद रु ५ हजार प्राप्त गरे भने उपबिजेता टिमको लागि शुशिल तामाङले जवाफी १ गोल फर्काएका थिए ।

प्रतियोगितामा बिद्यागत रुपमा उत्कृष्ट गोलरक्षकको रुपमा बिजेता टिमका रोशन गुरुङ, उत्कृष्ट डिफेण्डर सोही टिमकै हरि गुरुङ, उत्कृष्ट मिडफिल्डर ताराका गोबिन थापा, र सर्बाधिक गोलकर्ताको रुपमा रिलिजन एफसीका बिजय श्रेष्ठ घोषित हुदै जनही ३/३ हजार हात पारे भने अनुशासित टिमको रुपमा रिलिजन एफसी हकादार बन्यो ।

बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रमका गण्डकी प्रदेश सभा सदस्य राजिब पहारी, क्लबका अध्यक्ष, बिजया गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा प्रचारप्रसार संयोजक अमृत गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संचारकर्मी अर्जुन परियार र अस्मिता गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...