चैत १८ गतेदेखि १३ औं बि.टी कप सेभेन ए साईड फुटबल

पोखरा, १९ फागुन/चैतको मध्य समयमा पोखराको टुडिखेलमा तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुदको नारा दिदैं आगामी चैत १८ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गरिने बुद्धटोल युवा क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।

क्लबस्तरीय नकाउट फुटबल प्रतियोगितामा ४० देखि ५० क्लबको सहभागिता रहने विश्वास प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए । पोखराको पुरानो टुडिखेलमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख ३१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता क्लबले भने ८० हजार १११ रुपैयाँ नगद पाउने क्लबले जनाएको छ ।

गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यवस्था गरेको उल्लेख गर्दै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्टा«ईकरलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिने बताए । उनका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।

पोखरा महानगरपालिका –१ बगर स्थित पुरानो टुडिखेलमा हप्ता दिन सञ्चालन हुने सो प्रतियोगितमा टिम दर्ता शुल्क ७ हजार निर्धारण गरिएको क्बलका सचिब रेशम सापकोटाले बताए । प्रतियोगितामा अनुमानित ४० टिमको सहभागिता रहने उल्लेख गर्दै सापकोटाले सो प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख खर्च हुने जानकारी दिए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार चन्द्र बहादुर गुरुङले बि.टी कप बिगत १३ बर्षदेखी आयोजना गर्दै आएको बताए । फुटबल क्षेत्रको बिकास र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य सहित स्व. बिरेन गुरुङको स्मृतिमा आयोजना गरेको उल्लेख गरे । प्रतियोगितालाई नेपाले खलक भिचुक –७ कास्की, बि.टी हङकङ, र बि.टी युकेले मुख्य प्रायोजन गरेको छ ।

कमेन्टहरु
Loading...