बक्सिङमा सुष्मा र मिनुलाई स्वर्ण

पोखरा, ४ बैशाख /आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन् । सोही तौल समूहमा नेपाल पुलिसकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे ।

यस्तै महिला ५४ केजीको फाइनलमा मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई यूनानिमोस निर्णयको आधारमा हराउंदै स्वर्ण जितिन् । सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते ।

पुरुषतर्फको ५६ केजीको फाइनलमा एपीएफका पूरन राईले स्वर्ण जिते । प्रदेश १ का सुरेन्द« राईले इन्जुरीका कारण वाकओभर दिएपछि पूरनले स्वर्ण हात पारेका हुन् । सोही तौल समूहमा प्रदेश ७ का महेन्द« चन्द र आर्मीका पूरन सुनुवारले संयुक्त रुपमा कांस्य जिते ।

पुरुष ५२ केजीको फाइनलमा एपीएफका विक्रम परियारलाई अंकको आधारमा हराउंदै आर्मीका तेज बहादुर देउवाले स्वर्ण जिते । सोही तौल समूहमा एनआरएनका प्रदिप घिमिरे र पुलिसका चन्द«बहादुर थापाले कांस्य जिते । त्यसैगरी पुरुष ६४ केजीको सेमिफाइनलमा आर्मीका दान बहादुर दर्लामी र पुलिसका भूपेन्द« थापामगर फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामा र प्रदेश ३ का मनिष डंगोलले फाइनलमा भिडन्त पक्का गरे । यसैगरी ७५ केजी तौलको फाइनलमा आर्मीका दिपक श्रेष्ठ र प्रदेश ३ का दिवसलाल भुमी फाईनल प्रवेश गरेका छन् । पुरुष ८१ केजी तौल समूहमा आर्मीका गणेश प्रधान र प्रदेश ६ का मनोहर बस्नेत फाईनल प्रवेश गर्न सफल भए । पुरुष ९१ केजीमा एपीएफका गोकुल गुरुङ र आर्मीका अर्जुन सिगु फाईनल प्रवेश गरेका छन् ।

यसैगरी महिला ५७ केजीको फाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा र प्रदेश १ की दिया लिम्बूले भिडन्त पक्का गरिन् । मंगलबार भएको सेमिफाइनलमा चन्द«कलाले एपीएफकी माया चौधरीलाई अंकको आधारमा हराउंदा दियाले पनि प्रदेश ७ की भावना ऐरीलाई अंककै आधारमा पराजित गरिन् ।

यसैगरी महिला ६० केजी तौलको सेमिफाइनलमा जित हासिल गर्दै एपीएफकी संगीता सुनुवार र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्वर्णका लागि भेट पक्का गरे । संगिताले प्रदेश ५ की संगीता दंगाललाई एबीडीको आधारमा हराउंदा सबिनाले पनि प्रदेश ७ की संगीता चौधरीलाई एबीडीकै आधारमा हराइन् ।

कमेन्टहरु
Loading...