साउन २५ र २६ मा प्रदेश स्तरिय शारीरिक सुगठन हुने

श्याम राना
पोखरा, २४ साउन /शारीरिक सुगठन तथा फिटनेश संघ पोखराको आयोजनामा साउन २५ र २६ गते प्रदेश स्तरिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता –२०७५ (चौथों मिस्टर माछापुछ्रे तथा पहिलो महिला फिजिक फिट्नेस प्रतियोगिता) हुने भएको छ ।

५५ के.जी. देखि ७५ के.जी.सम्म ६ वटा तौल समुहमा गण्डकी प्रदेश र ५ नम्बर प्रदेश भित्रका जिल्लाबाट करिब १ सय भन्दा बढि खेलाडी सहभागी रहने आयोजकले जनाएको छ ।  यसअघि ३ वटा संस्करणको खेल प्रतियोगिता सम्पन्न गरि सकेको फिटनेस संघले शारीरिक सुगठन खेल प्रति जनचासो घट्दै गएको बिषयलाई मध्यनजर गरि प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

खेलाडी र खेलप्रमीको भावनालाई आत्मसात गरेर प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष शंकरमान उदासले जानकारी दिए । स्थापनाकाल देखि नै जिल्लाको बडीबिल्डिङ्ग खेल र खेलाडीको विकासको लागि रहेको उनले सुनाए । ‘केहि समय देखि खेललाई निरन्तरता दिन नसकेकोमा क्षमा चाहन्छौं,’ उनले भने ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद ५० हजार रुपैया, द्वितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १५ हजार, चौथो हुनेलाई १२ हजार, पाँचौ हुनेलाई १० हजार र छैठौं हुनेलाई ८ हजार पुरस्कार प्रदान गरिने आयोजकले उनले जानकारी दिए । त्यसैगरि महिला तर्फ प्रथम हुनेलाई १० हजार, द्वितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था रहेको छ । स्वस्थ्य र दक्ष खेलाडीको उत्पादन गर्नुका साथै राष्ट्रको समग्र विकासका लागि स्वस्थ्य जनशक्ति तयार गर्नु नै प्रतियोगिताको लक्ष रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...