विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलमा पाँच खेल

पोखरा, १२ पुस / विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका खेल हुने भएको छ । बिहीबार भएको खेलमा एकता एफसी लालिगुँरास, माटेपानी,विटी एफसी, तारा एफसी र एलजी एसोसियसन क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो खेलमा एकता एफसी लालिगँुरासले संगम एफसीलाई १–० ले पराजित ग¥यो ।खेलमा एकता एफसीका विकास वानियाको गोल नै निर्णायक वन्यो । यता माटेपानी भने क्वाटर फाइनलमा प्रवेश गर्न ट्राइवेकर नै कुर्नु प¥यो । आयोजक विष्णु पादुका क्लब पहेलोसँगको खेलमा गोल हुन नसकेपछि ट्राइवेकरको सहारा लिनु परेको हो । माटेपानीले विष्णु पादुकालाई क्लबलाई ट्राइवेकरमा ३–२ ले पराजित ग¥यो ।

विष्णु पादुका क्लबका सविन कुँवरले हानेको बल माटेपानीका गोलरक्षकले रोकेपछि विष्णुु पादुका क्लबको क्वाटर फाइनलको यात्रा टुंगिएको हो ।
माटेपानीको तर्फबाट अर्जुन गुरुङ, मिलन गुरुङ र सचित गुरुङले गोल गरे भने विष्णु पादुकाको तर्फबाट अशोक गुरुङ र स्वागत थापाले गोल गरे ।
प्रतियोगिताको तेस्रो खेलमा विटी एफसीले श्रृंखला एफसी भलामलाई ४–० ले पराजित ग¥यो । खेलमा सुदिप पाठकले दुई, र जिम्बी गुरुङ तथा संगम दर्जीले समान एक÷एक गोल गरे ।

यता तारा एफसीले रेष्टुरेसन एफसीलाई २–० ले पराजित ग¥यो । जसमा तारा एफसीका विनोद गुरुङ र गोविन थापाले एक÷एक गोल गरे ।
बिहीबार भएको अन्तिम प्रतियोगितामा एलजी एसोसियनसले सेभन टु ऐटलार्ई २–० ले पराजित ग¥यो । खेलमा एलजीका सिङ्कमान तामाड्डले दुई गोल गरे ।

शुक्रबार पहिलो क्वाटर फाइनल खेल एकता एफसी लालिगुराँस र माटेपानी, दोस्रो खेल विटी एफसी र दिव्यदृष्टि वि, तेस्रो खेल तारा एफसी र भदौरे एफसी र अन्तिम क्वाटर फाइनल खेल एलजी एसोसियसन र वि–१३ वाझाँपाटनबीच खेल हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ । ‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

कमेन्टहरु
Loading...