दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबलको उपाधी एलजीलाई

पोखरा, १५ पुस /विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एलजी एसोसियसनले हाता पारेको छ ।शनिबार भएको फाइनल खेलमा तारा एफसीलाई ट्राइवेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।तारा एफसीका टिम क्याप्टेन रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोल रक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि तारा एफसी उपविजेतामा चित्त वुझाउन वाध्य भयो ।एलजीको तर्फबाट रमेश मगर, सुलेमान मगर, र कृष्ण गुरुङले गोल गरे भने ताराको तर्फबाट विनोद गुरुङ र गोविन थापाले गोल गरे । प्रतियोगिताको म्यान अफ दि म्याच एलजीका सुलेमान थापा मगर घोषित भए ।

विजेता वनेको एलजी एसोसियसनले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने तारा एफसीले नगद ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाण पत्रमा चित्त वुझायो ।प्रतियोगितामा सेमिफाइनलमा पुगेका विटी एफसी र एकता लालिगुँरासले १०÷१० हजार प्राप्त गरे । त्यसैगरी अनुशासित टिमा दिव्य दिष्टृ क्लबले नगद १० हजार ट्रफी प्राप्त ग¥यो ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडीमा एल जी एसोसियसनका कृष्ण गुरुङ घोषित भए । उनले नगद ५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक गोल कर्तामा वि–१३ वाझाँपाटनका अभिनाष तामा·, उत्कृष्ट गोल रक्षकमा एलजीका रामबहादुर कार्की, उत्कृष्ट मिडफिल्डरमा तारा एफसीका गोविन थापा, उत्कृष्ट डिफेन्डरमा एलजीका युनिक तामा·, र उत्कृष्ट फरवार्डमा तरा एफसीका विनोद गुरुङ घोषि भए । उनिहरुले नगद ३÷३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता ३६ टिमको सहभागिता रहेको थियो । २०६६ साल असरा ११ गते हेमजामा भएको सवारी दुर्घटनामा मृत्यु भएका विष्णु तिमिल्सिना र सागर सापकोटाको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले खेलकुदको क्षेत्रमा हेमजाले ठुलो फड्को मारेको बताए ।कार्यक्रममा पोखरा महानगर पालिकाका वडा नं.२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुन, स्व. विष्णु तिमिल्सिनाका दाजु राजेन्द्र तिमिल्सिनाले बोलेका थिए ।विष्णु पादुका क्लब हेमजाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगत थापाले स्वागत र मुल आयोजक समिति सदस्य वसन्त श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...