दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

पोखरा, १० मंसीर । विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म सञ्चालन हुने छ ।प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

त्यसैगरी अर्थ संकलन उपसमितिको संयोजकमा राजेन्द्र थापा, स्वयंम सेवक परिचालन उपसमिति संयोजकमा राजेन्द्र थापा(गौरव),अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा मदन थापा रहेका छन् ।
कृष्णबहादुर कुँवर, आरती अधिकारी, सोचना केसी, विजय थापा, मिलन बास्तोला, महेन्द्रसिंह थापा, वसन्तकुमार श्रेष्ठ र कालिका थापा मुल आयोजक समितिको सदस्य रहेका छन् ।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।त्यसैगरी अनुशासित टिमलाई १० हजार, सर्वोकृष्ट खेलाडीलाई ५ हजार रहेको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाइकरलाई ३÷३ हजार प्रदान गरिने खड्काले जानकारी दिए । उनका अनुसार सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार रहेको छ । प्रतियोगितामा ५० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ ।पोखरा महानगरपालिका वडा नं. २५ हेमजाका वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले प्रतियोगिता हेमजाकै प्रतिष्ठाको विषय भएको बताउदै यसको लागि वडाको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए ।विष्णु पादुका क्लब हेमजाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन सचिव मनोज कार्कीले गरेका थिए ।

कमेन्टहरु
Loading...