हङकङमा च्यारीटि हाईकिङ, नेपाली म्याराथन धावक मानन्धरलाई सम्मान गरीने

पोखरा, २४ जेठ /नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरलाई हङकङमा सम्मान गरीने भएको छ । सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने च्यारीटि हाईकिङ कार्यक्रमको अवसरमा नेपालका म्याराथन धावक मानन्धर सहित अन्यलाई सम्मान गरीने भएको सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले बताए ।

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुन तर्फ स्वर्ण पदक विजेता उहाँको दक्षिण एशियाली म्याराथुन को समयको कीतीमान उहाको नाम मा छ । साँढे १२ किलोमिटरको हाईकिङ रहेको उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले दुई हजार हङकङ डलर आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछाने, द गोर्खाज होल्डीङ का प्रकास पुन र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, बाट टि सर्ट तथा जलपान र लन्च को सहारा क्लब हङकङ सल्लाहकार हरुबाट सहयोग प्रात्त भएको छ ।

उक्त अवसरमा पुर्व अन्तराष्ट्रिय वक्सिङ खेलाडी नामसिंह थापा मगर नेपालको पहिलो ओलम्पीकमा सहभागि मध्यका एक भएको भन्दै क्लवले सम्मान गर्ने भएकोे हो थापा मगर हाल हङकङ मा बसोबास गर्नु हुन्छ । नेपाली खेलकुदको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो । विहान साँढ ७ बजे सुरु हुने सेन्टल फेरी पियर हुदै आलम्पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा समापन हुने छ । सो च्यारीटि हाईकिङ मा हङकङ बासी नेपाली हरु लाई कार्यक्रमा सहभागी भई सहयोग गरीदिनु हुन क्लब परिबार हाद्धिक अनुरोध गर्दछ ।

कमेन्टहरु
Loading...