भूतपूर्व खेलाडी मंचले यूवा खेलाडी अजितलाई सम्मान गर्ने

पोखरा, २६ बैशाख /भूतपूर्व खेलाडी मंच नेपालले एशियन यूथ एथलेटिक्समा स्वर्ण पदक बिजेता अजित कुमार यादबलाई सम्मान गर्ने भएको छ । मंचको यहि बैशाख २८ गते पोखरामा हुने १० औं बार्षिक साधारण सभाको अबसरमा अजितलाई नगद सहित सम्मान गर्न लागेको हो । अजितले गत चैतमा हङकङमा सम्पन्न ३००० मिटर दौड ८ मिनेट ३०ः३२ सेकेण्डमा दुरी पार गर्दै नेपालका लागि स्वर्ण पदक जितेका थिए ।

उनको जित यूवा एथलेटिक्सले नेपालका लागि अन्तर्राष्ट्रिय ऐरिनामा बनाएको पहिलो रेकर्ड समेत थियो । अजितलाई साधारण सभाका अबसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले सम्मान गर्ने मंचका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

गत फागुनमा सम्पन्न १३ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अबसरमा हङकङ बाशी नेपालीहरु बाट मंचलाई प्रदान गरिएको रकम मध्ये १ लाख ५० हजार रुपैंयाको ब्याज बाट हुन आउने रकमले यूबा खेलाडीलाई प्रत्येक वर्ष नगद सहित सम्मान गर्ने गरि मंचले व्यवस्थापन गर्ने अध्यक्ष गुरुङले बताए । ‘अहिले अजितलाई पनि सोही रकम मध्ये बाट सम्मान गर्ने गरि सुरुवात गरेका छौं र प्रत्येक वर्ष यसलाई निरन्तरता दिनेछौं’ अध्यक्ष गुरुङले भने ।

यसैगरि साधारण सभामा मंचले खेलकुद क्षेत्रमा पु¥याएको विशेष योगदानको कदर गर्दै पृथ्बी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख जोर्ज जोन र स्वर्गिय अजित शेरचनलाई मरोणोपरान्त रुपमा सम्मान गर्ने भएको छ । यसै गरि मंचले बिहिबार पूर्व ओलम्पियन नारायण गुरुङलाई मंचको कार्यालयमा स्वागत गरेको छ । मंचका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष खडग रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ लगाएतले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...