बेगनास सेभेन ए साईड कपको उपाधि सैनिक बस्तीलाई

पोखरा, २१ फागुन /बेगनास तालको किनारमा भएको सेभेन ए साईड बेगनास कपको उपाधि सैनिक (सैनिक बस्ती) ले जितेको छ । शिवरात्रीको अवसरमा आयोजित प्रतियोगिताको सोमबार फाईनलमा सैनिकले फोर टु फायबलाई ३–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

पहिलो हाफ गोल रहित वरावरीमा रहेको खेलमा दोश्रो हाफको केहीमिनेटमै डि बक्सबाट त्रिदेव गुरुङले गोल गरेपछि सैनिकले गोलको खडेरी तोड्यो । कप्तान भिसन गुरुङको पासमा वेलप्रसाद गुरुङले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । दबावमा रहेको फोर टु फाईभ माथी सैनिकका त्रिदेव गुरुङले व्यक्तिगत दोस्रो गोल गरेपछि सैनिके फराकिलो गोलअन्तरसँगै उपाधि हत्यायो ।

उपाधिसंगै सैनिकले नगद रु १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गरेको छ । फोर टु फाईभले नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी पदक र प्रमाणपत्र सहित उपविजेतामा चित्त बुझाएको छ । सोमबार नै सम्पन्न तेश्रो उपाधी मेरो नेपाल युवा क्लव मझेरीपाटनले जितेको छ । आयोजक बेगनासलाई पेनाल्टी सुट आउटमा ३ — २ को नतिजा निकाल्दै रु १५ हजार ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । म्यान अफ दि म्याचमा वेगनासका प्रदिप गुरुङ बने ।

प्रतियोगितामा नगद रु ८ हजार सहित उत्कृष्ट खेलाडीको पुरस्करा सैनिकका त्रिदेव गुरुङले पाए । उत्कृष्ट डिफेन्स फोर टु फाईभका रवि थापा मगर घोषित हुदैं नगद रु ५ हजार पुरस्कार थापे । उत्कृष्ट प्लेमेकर फोर टु फाईभका बिजय श्रेष्ठ, उत्कृष्ट गोल रक्षक सैनिकका रोमन थापा मगर र उच्चगोल कर्ताको उपाधी नेपाल मुस्लिम एफसीका अभिनास तामाङले हातपारे । त्यस्तै अनुशासित टिमको उपाधी सिर्जना बहिरा मावीले प्राप्त गरेको छ । फाईनल खेलको म्यान अफ दि म्याच सैनिकका बेलप्रसाद गुरुङले बन्न सफल भए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख दान सिंह बोहोरा, ईलाका प्रशासन कायालयका प्रमुख चित्राङत वराल, वडा नं २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, क्लवका अध्यक्ष राम रानाभाट तथा संयोजक सुरेन्द्र पुन लगायतले पुरस्कार वितरण गरेका थिए।

कमेन्टहरु
Loading...