खुल्ला पुरुष बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा, १२ पुस।दूधपोखरी तमु युवा समिति पोखरा–१२ माटेपानीको आयोजनामा जारी खुल्ला पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत शुक्रबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। दूधपोखरी तुम समाजको मुख्य प्रायोजनमा अमरसिंह उमाविको खेलमैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा चितवन अक्सफोर्ड कलेजले पोखरा कलेज अफ मेनेजमेन्टलाई ४३–३१ ले पराजित ग¥यो। सो खेलमा चितवन अक्सफोर्ड कलेजका रिचन श्रेष्ठले सर्वाधिक १५ स्कोर गरेका थिए।

दोस्रो खेलमा शिख म्याग्दीले अर्घौं ए लेखनाथलाई ४४–२७ ले पराजित ग¥यो। सो खेलमा शिख म्याग्दीका मनोज पुनले सर्वाधिक १५ स्कोर गरेका थिए। तेस्रो खेलम एसओएस गण्डकीले माउण्ट अन्नपूर्ण उमाविलाई ७५–६५ ले पराजित ग¥यो। सो खेलमा एसओएसका मनिष श्रेष्ठले सर्वाधिक २० स्कोर गरेका थिए। निकै प्रतिस्पर्धात्मक सो खेलको निर्धारित समय ५१–५१ स्कोरको बराबरी सकिएपछि दुईपटक अतिरिक्त समय खेलाइएको थियो।

पहिलो पाँच मिनेट ६०–६० को बराबरीमा टु·िएपछि पुनः पाँच मिनेट अतिरिक्त समय खेलाइएको थियो।सो समयमा एसओएसले १५ तथा माउण्ट अन्नपूर्ण उमाविले ५ स्कोर थप गरेपछि विजेता टीमको टु·ो लागेको थियो। चौथो खेलमा पुन क्लब ए ले मिलन युवा क्लब याङ्जालाई १११–३४ को फराकिलो अन्तरले पराजित ग¥यो।सो खेलमा पुन क्लब ए का तेजेन्द्र पुनले सर्वाधिक २० स्कोर गरेका थिए। शनिबार बिहान सेमिफाइनल तथा दिउँसो फाइनल खेल हुने प्रतियोगिता संयोजक महेन्द्रध्वज गुरुङले जानकारी दिए।

एसओएस र चितवन अक्सफोर्ड क्लेजबीच बिहान साढे आठ बजे पहिलो तथा पुन क्लब ए र शिख म्याग्दीबीच १० बजे दोस्रो सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल दिउँसो तीन बजे हुनेछ। प्रतियोगितामा विजेता टीमलाई नगद २५ हजार, उपविजेता टीमलाई १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै तृतीय, हाइस्कोरर तथा बेस्ट प्लेयरलाई आकर्षक पुरस्कार प्रदान गरिने दूधपोखरी तमु युवा समितिका अध्यक्ष राजेश गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...