पेक अन्तर कलेज बास्केटबलको उपाधि पिएनलाई

156

पोखरा, ३० साउन/ प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ ।

पोखरा इञ्जिनियरिङ कलेजमा रहेको स्वतन्त्र विद्यार्थी परिषदले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस बिबिएसले आयोजक पोखरा इञ्जिनियरिङ कलेजलाई ६५–४७ स्कोरले पराजित गर्दै उपाधिसहित ३० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रसहित पुरस्कृत बन्यो। १५ कलेज टिमको सहभागीता रहेको प्रतियोगिताको उपविजेता पोखरा इञ्जिनियरिङ कलेजले १५ हजार नगद, ट्रफी, मेडल प्रमाणसहित पुरस्कृत भएको छ।

साउन २८ गतेबाट शुरु भएको प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका डिमन पुन सर्वोत्कृष्ठ खेलाडी घोषित हुदै पुरस्कृत भए। विजेताहरुलाई कार्यक्रमका गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्मा, विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङ, प्रमुख प्रसासक चिजकाजी गुरुङ, बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङ र स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि उपसभामुख सिर्जना शर्माले विजेता खेलाडीलाई बधाईका साथै प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनका साथै खेलबाट राष्ट्रलाई योगदान पु¥याएको बताउनुभयो। खेलले नाम र पहिचान दिने बनाउनुहुदै युवा तथा खेलाडीहरुले उचो मनोबलका साथ खेल मार्फत मुलुक समृद्धिमा सघाउन आग्रह गर्नुभयो।

उहाँले खेल विकासका लागि प्रदेश सरकारले पोखरामा रंगाशाला, खेलकुद एकेडेमी, क्रिकेट मौदान निर्माणका लागि जुटेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, प्रदेशका युवा शक्तिलाई शसक्त बनाउन सरकारले एक करोड बजेट छुट्याएको बताउनुभयो। उहाँले विद्यार्थीहरु संगठित बन्दै खेलकुदसँगै शैक्षिक उन्नयनका लागि जुट्नुपर्नेमा जोड दिनुपर्नेका साथै पोखरा इञ्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषद र विद्यार्थीहरुको योगदान प्रसंशा समेत गर्नुभयो।

विशेष अतिथि कलेजका प्रमुख इञ्जिनियर लेखबहादुर गुरुङले खेलकुदसँगै हरेक क्षेत्रमा विद्यार्थीहरु उत्कृष्ठता हासिल गर्ने पहल गर्नुपर्ने बताउनुभयो। उहाँले कलेजको विद्यार्थी परिषदले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेर विद्यार्थीको खेल कौशल प्रस्तुतका साथै कलेज कलेजको सम्बन्ध गाँस्न योगदान पु¥याएको भन्दै खुशी व्यक्त गर्नुभयो।

बास्केटबल संघ कास्कीका अध्यक्ष धोजकुमार गुरुङले विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै खेलकुदको महत्वको चर्चा गर्नुभयो। खेलकुदले अुनशासन, नेतृत्व विकास, टिमवर्क, प्रतिभा प्रष्फुटनका साथै आफ्नो र राष्ट्रको पहिचान गराउने बताउनुभयो। अध्यक्ष गुरुङले बास्टेकबल प्रतियोगिताको निरन्तरताको शुभकामना दिनुहुदै आगामी दिनमा बास्केटबल संघ सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो।

पोखरा इञ्जिनियरिङ कलेज, स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिता संयोजक सागर रानाभाट (समिप) ले स्वागत र परिषदका सदस्य सलिना गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...