बगर भइ खलक एट ए साइडको उपाधी पोखराको एबिसीले उचाल्यो

पोखरा, १३ माघ /“स्वास्थ्यको लागि एक घण्टा ब्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल उद्धेश्यका साथ पोखराको प्रतिष्ठित संस्था बगर भाई खलक द्वारा आयोजित “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”को उपाधी अम्बर सिंह ब्याइज क्लब (एबिसी) उचालेको छ ।शनिबार सम्पन्न फाइनल खेलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमका तर्फ बाट कुनै गोल हुन नसके पछि टाइ ब्रेकरमा पुगेको थियो । पेनाल्टी शुट आउटमा भने एबिसी भाग्मानी निस्कियो । पाहुना टोलीका खेलाडी आलोक दे को प्रहार बारमा ठोक्किएर फर्कदा एबिसी उपाधीको हकदार बन्यो ।

जित संगै एबिसीले आफ्नो पुरानो शाख समेत जोगाएको छ । एबिसीले २०६८ देखि २०६९ सम्म लगातार जित हासिल गर्दै उपाधी माथीनै कब्जा जमाएको थियो । उपाधी संगै एबिसीले नगद १ लाख र उप बिजेता कोलकत्ता भेट्रानले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।यस शनिबार नै सम्पन्न सेमी फाइनलमा एबिसीले चावहिल काठमाण्डौलाई टाइ ब्रेकरमा ३–२ र कोलकत्ता भेट्रानले एक्स पोखरा भेट्रानलाई ४–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।प्रतियोगितामा एबिसीका सञ्जय गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि सर्वोत्कृष्ट गोल रक्षकमा एबिसीका रबिन शाही, कोलकत्ताका शाहिक शिकन्दर सर्वोत्कृष्ट डिफेण्डर घोषित भए । सर्वोत्कृष्ट हुने सबैले जनही नगद ५ हजार सहित ट्रफी प्राप्त गरे । कोलकत्ताका कमल भूनियाले प्रतियोगिता अवधीभर ७ गोल गर्दै सर्वाधिक गोलकत्र्ता बने । उनले नगद ५ हजारका साथमा ट्रफी पाए ।

विजेता टिम तथा खेलाडीलाई पोखरा महानगरका मेयर मान बहादुर जिशी, हिम श्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, मुख्य प्रायोजकका तर्फ बाट मेजर (रि) खुसीमान गुरुङ एम.भि.ओ र उनकी धर्मपत्नी मञ्जु गुरुङ, बगर भाइ खलक यूकेका भानु गुरुङ, ओम प्रकाश गुरुङ, कुमार गुरुङ, धनु थकाली, तमुधी यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ लगाएतले नगद पुरुस्कार, ट्रफी एवम मेडल वितरण गरेका थिए । बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिब एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले गरेका थिए । यहि माघ ८ गते बाट संचालन भएको प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...