फुटबल खेल्न ४० वर्षिय हुने पर्ने

पोखरा, १४ असोज/पोखरा बगर भाइखलकले भोलि बुधबारदेखि तेस्रो एसओएस ग्रुप एटए साइड भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा पोखरा, काठमाडौं र हेटौडाको गरी १६ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिईयो ।प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहको प्रतिस्पर्धा हुने छ । नया“ पिंढीलाई खेलकुदप्रति आकर्षित गर्ने लक्ष्य अनुरुप प्रतियोगिता सञ्चालित गरिएको हो । नियमिति एक घण्टा व्यायाम गर्नुपर्ने सुझाव समेत दिइएको छ । प्रतियोगितामा आनन्द रन्जितलाई सम्मान गर्ने बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
दि रिभर ओभरसिज प्रालिको विशेष सहयोगमा हुने प्रतियोगिताको लागि सात लाख रुपिया“ खर्च हुने अनुमान गरिएको छ । केही रकक बचत भएको अवस्थामा पुर्व खेलाडी अक्षयकोषमा जम्मा गरिने उनको भनाई थियो । कोषमा अहिले २५ हजार रुपिया“ छ । प्रथम पुरस्कार ३३ हजार तीन सय ३३ रुपिया“ पाउने छ भने उपविजेताले २२ हजार दुईसय २२ रुपिया“ पाउने छ ।

कमेन्टहरु
Loading...