खुल्ला व्याडमिण्टन प्रतियोगिता साउनको दोश्रो साता

पोखरा, २ साउन /नेपाल राष्ट्रिय बाणिज्य संघ कास्कीको आयोजनामा यहि साउन ७ गतेदेखि दोश्रो नेपाल राष्ट्रिय बाणिज्य संघ खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतीमा संघले गतवर्षदेखि यो प्रतियोगिता आयोजना शुरु गरेको हो ।

दुई दिने प्रतियोगितामा ४५ वर्ष माथि ‘ए’ र ‘बि’ तथा ४५ वर्ष मुनि पनि ‘ए’ र ‘बि’ वर्गमा डबल्सतर्फ प्रतिस्पर्धा हुने प्रतियोतिगा संयोजक प्रेम भुजेलले जानकारी दिए । प्रतियोगितामा विजेता तथा उपविजेता टिम क्रमश ः नगद १५ हजार र नगद १० हजारका साथमा ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

‘ए’ बर्गतर्फ उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा राष्ट्रिय तथा क्षेत्रियस्तरका प्रतियोगितामा पुरस्कार विजेता खेलाडीहरुलाई भने समावेश नगरिने पनि भुजेलले बताए । बगालेटोलस्थित सोपाल तमु समाज घरभित्रको व्याडमिण्टन कोर्टमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ७२ हजार खर्च लाग्ने आयोजकको अनुमान गरेको छ । प्रतियोगितामा झण्डै ६० टिमले भाग लिने बताइएको छ ।

कमेन्टहरु
Loading...