बि थर्टिन, दोब्रे, दिप युनाइटेड र एलजी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा

पोखरा, १२ वैशाख /बि थर्टिन बाँझापाटन, दोब्रे एफसी, दिप युनाइटेड र एलजी एशोसिएसन पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बौद्ध शान्ति क्लव, रामघाटद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बुधबार भएको क्वाटरफाइनल खेलहरुमा जित हाँसिल गर्दै ति क्लवहरुले अन्तिम चारमा स्थान बनाएका हुन् । बि थर्टिन बाँझापाटनले म्यान अफ द म्याच उत्तम गुरुङ्गको एकमात्रै गोलको मद्धतमा नेपाल टुरिजम एण्ड होटल मेनेज्मेण्ट कलेजलाई १–० गोलले पराजित ग¥यो । त्यस्तै दोब्रेले रामघाटलाई २–० ले हराउँदा म्यान अफ द म्याच बनेका समिर कार्कीले दुबै गोल गरे ।

अर्को खेलमा संगमलाई २–० गोलले पराजित गर्दै दिप युनाइटेडले पनि सेमिफाइनल यात्रा सुरक्षित पा¥यो । दिपलाई अन्तिम चारमा पु¥याउन विदेशी खेलाडी स्टेफनले २ गोल गरे । स्टेफननै खेलमा म्यान अफ द म्याच भएका थिए । अन्तिम क्वाटरफाइनलमा एलजी एशोसिएसनले लेकसाइड एफसीलाई ३–१ गोलले पराजित गरेको छ । खेलमा एलजीको तर्फबाट दिपेश आले मगरले २ र सुलेमान थामा मगरले १ गोल गरे ।

लेकसाइडको तर्फबाट रबि थापाले सान्त्वना गोल गरे । खेलमा एलजीका दिपेश आले मगर म्यान अफ द म्याच भए ।प्रतियोगिता अन्तर्गत बिहिबार हुने सेमिफाइनलमा बि थर्टिन र दोब्रे तथा दिप युनाइटेड र एलजी भिड्ने आयोजक क्लवका उपाध्यक्ष सागर गुरुङ्गले जानकारी दिए । फाइनल खेल शुक्रबार हुनेछ ।

कमेन्टहरु
Loading...