फुटबलको विकासका लागि एन्फा कास्की र अष्ट्रेलियाली क्लबसँग सम्बन्ध

पोखरा, १९ माघ /कास्की जिल्ला फुटबल संघले अष्ट्रेलियामा रहेको फुटबल क्लबसँग भगिनी सम्बन्ध विस्तार गरेको छ । अष्ट्रेलियाको सिड्नीस्थित माछापुच्छ«े फुटबल क्लबसँग कास्की जिल्ला फुटबल संघले आपसी सहकार्य गर्ने उद्देश्यले बिहीबार साँझ सम्झौता गर्दै सम्बन्ध गाँसेका हुन् ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ र माछापुच्छ«े फुटबल क्लबका अध्यक्ष विजेन्द्र बाटाजू बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा दुई संस्थाबीच आपसी सहयोग र सदभावको लागि सहकार्य गर्ने उल्लेख छ । कास्की जिल्ला फुटबल संघको गतिविधिमा माछापुच्छ«े फुटबल क्लबले सहयोग गर्ने जनाएको छ । फुटबल संघले आयोजना गर्ने क्लबस्तरीय फुटबल प्रतियोगितामा अष्ट्रेलियाको टिम ल्याउने समेत सम्झौतापछि क्लबका अधयक्ष बाटाजूले बताए । उनले पोखराको फुटबल विकासको लागि हरप्रयास सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले पनि अष्ट्रेलियाको क्लबसँग भगिनी सम्बन्ध विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै फुटबल विकासमा दुवैले हातेमालो गर्दै अगाडि बढने बताए । कार्यक्रमा कास्की जिल्ला फुटबल संघका पदाधिकारी, अफिसियल तथा सञ्चारकर्मीको समेत उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

कमेन्टहरु
Loading...