पोखरामा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

पोखरा, २३ चैत /पोखरेली युबाहरुको संस्था लालिगुरास एशोसियन नेपालको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा रञ्जन मेमोरियल क्लबले जितको सुरुवात गरेको छ । रञ्जन मेमोरियलले केशरी युबा क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो । रञ्जनको जितमा शुसान गुरुङले दुइ गोल गरे ।

त्यसै गरि दोश्रो खेलमा लेकसाइड फुटबल क्लवले एलसी बर्दश लामाचौरलाई २–१ गोल खन्तरले पाखा लगायो । लेकसाइडको जितमा कमल थापाले २ गोल गरे भने लामाचौरका लागि समिर कुवरले एक गोल फर्काए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले खेलकुद बाट युवाहरुले अनुशासनको पाठ सिक्न सक्ने बताए । आफ्नो जिवनमा आफु पनि खेलकुद कर्मी भएकोले धेरै कुरा सिक्न पाएको बताउँदै खेलकुदले युवालाई सहि मार्गनिर्देशन गर्ने धारणा राखे ।

लालिगुरास एशोसियन नेपालका अध्यक्ष डम्बर जङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले कास्कीमा फुटबल खेल नयाँ गतिका साथ अगाडी बढने बताए । क्लबका उपाध्यक्ष सचिन जङ्ग थापाले एलजी कपले युबाहरुमा फुटबलकोे मोह जोगाई राख्न सहयोगी रहेको बताए ।

प्रतियोगितामा करिब ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन । पोखराको अम्मर सिंहको खेल मैदानमा सुरु हुने भएको उक्त प्रतियोगिता बैशाख १ गते सम्म संचालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए । यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...