पोखरामा एशियन टुर प्याराग्लाईडिङ वल्र्डकप शुृरु

पोखरा, ११ फागुन/ पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबार देखी शुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङको सहयोगमा आयोजना हुने विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाईलटले प्रतियोगितामा भाग लिएका छन् ।

विश्वका उत्कृष्ट पाईलटहरुले क्रसकन्ट्रीमा एकसाता प्रतिस्पर्धा गर्ने छन् । पहिलो दिन पाईलटलाई प्राक्टिस डे रुपमा राखिएको छ ।  पोखराको मौसम अनुकुल आफुलाई ढाल्नुपर्ने छ । पहिलो दिन पाईलटले ४० किलोमिटरको टास्क पुरा गर्ने छन् । प्याराग्लाईडिङ वल्र्डकप टुरमा २० देशका ९० जना प्रतियोगितामा भाग लिएको नेपाल हवाई खेलकुद संस्थाका निर्बतमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले बताए ।

उनले पहिलो दिन पाईलटलाई वल्र्डकप टुरको बारेमा जानकारी दिने उद्देश्यले ब्रिफिङ गरेको उनले जानकारी दिए । उनले सोमबारदेखि प्रतिस्पर्धा शुरु हुने र प्रत्येक दिन फरक फरक टास्क हुने बताए । उनले मौसमले नै टास्कको दुरी तय गरिने संयोजक भट्टराईले बताए ।

पोखरामा एएफएआईट–२ क्याटगोरीको प्याराग्लाईडिङ प्रि–वल्र्डकप आयोजना भईसकेको छ । निरन्तर दुई वर्षसम्म प्रि–वल्र्डकप आयोजना गरिएपछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको उनले बताए । सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्ने छन् ।

प्रतियोगितामा भाग लिन अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । विश्वकपमा नेपाली १२ जना पाईलटले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप टुरमा पाईटलले उपाधिसँगै अंक पाउने छन् । प्राप्त अंककै आधारमा एएफएआईले पाईलटको र्याङकिङ गर्ने भण्डारीले जानकारी दिए ।

एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्ने छन् । क्रसकन्ट्रीमा भने आयोजकले तोकेको टास्क पुरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्ने छन् । तीनदिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिने छ । प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नेपाली सेनाले रेस्क्यु गर्न तयारी छ । प्रतियोगितामा कोरोना भाइरसको प्रभाव परेको छ । चाइनबाट ११ जना सहित अन्य देशबाट पनि खेलाडीले पछिल्लो समयमा प्रतियोगितामा भाग नलिने जनाएका थिए ।

कमेन्टहरु
Loading...