एशियाली पदक बिजेता प्याराग्लाईडिङ्ग खेलाडी सम्मानित

पोखरा, १८ भदौ / ईन्डोनेसियाको जाकार्ता र पालेम्बाङ्गमा सम्पन्न १८ औं एशियाली खेलकुदमा नेपालको

लागि एक मात्र पदक रजत पदक प्राप्त गर्न सफल पाराग्लाईडिङ्गका खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र संघलाई

राष्ट्रिय खेलकुद परिषदले एक कार्यक्रमको आयोजना गरि प्रशंसा पत्र सहित पूर्व घोषित पुरस्कार रासीले

सम्मान गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री

जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरे । बिजयी खेलाडीहरुले नगद ५ लाख,

प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र संघले नगद ६ लाख प्राप्त गरे ।

नेपाली पाराग्लाईडिङ्गले पहिलो सहभागीतामानै नेपालको लागि पदक दिलाउन सफल भएको हो । नेपालले

पाराग्लाईडिङ्गको क्रसकन्ट्रिमा रजत पदक हात पारेको हो । टिम ईभेन्ट्समा एशियाली खेलकुदमा पदक प्राप्त

गरको यो नै पहिलो पटक हो । उक्त पदक जित्ने टोलीमा कप्तान बिमल अधिकारी, बिशाल थापा, सुशिल

गुरुङ्ग, बिजय गौतम तथा युकेश गुरुङ्ग रहेका छन् । यस अगि खेलाडीहरुलाई बाजा गाजा सहित बग्गीमा

राखेर राखेप त्रिपुरेश्वर देखि न्यूरोडगेट, रत्नपार्क हुंदै कार्यक्रम स्थल राष्ट्रिय सभागृह लगिएको थियो ।

खेलाडीहरुलाई बधाई दिंदै मन्त्री सुनारले अपेक्षाकृत सफलता हात पार्न नसकेको र एक रजत पदकमानै चित्त

बुझाउनु परेको भन्दै त्यसको समिक्षा गर्ने बताए । खेलकुदको हालको तयारी र पूर्वाधारमा खासै ठुलो उपलब्धि

अपेक्षा नगरेको भन्दै जुन खेलबाट मेडलको आशा गरिएको थियो त्यसबाट बिमुख हुनु परेको बताए । पूर्वाधार र

पर्याप्त लगानीनै उपलब्धिको आधार भएको मन्त्री सुनारले बताए । पाराग्लाईडिङ्गमा राज्यको लगानी नभएको

भन्ने गुनो प्रति स्पष्ट पार्दै मन्त्री सुनारले मन्त्रालयको ध्यान यस खेल तर्फ गईसकेको बताए । खेलाडीहरुले जुन

किसिमको उचित बाताबरण प्राप्त गर्नु पर्ने हो त्यो उपलब्ध हुन नसकेको बताए । हाम्रो जस्तो बिकसित देशलाई

बिश्वसामु चिनाउने एक मात्र माध्ययम खेलकुद क्षेत्र भएको बताए ।

कमेन्टहरु
Loading...