आर्मीलाई हराउदै धरान आहा राराको सेमिफाइनलमा

सागर राज तिमिल्सिना
पोखरा, १४ माघ /आहा राराको तीन पटकको उपविजेतालाई नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल १६ औं आहा राराको सेमिफाइनलमा प्रबेश गरेको छ । जित सगै धरानले फाइनल प्रबेशका लागि एपिएफ र थ्रीस्टारको विजेता सगँ खेल्ने छ । निधारी समय र थप समयमा दुबै टिमबाट एक÷एक गोल भए पछि खेल ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भयो । यस सिजनको तीन वटा उपाधी जिति सकेको आर्मी आहा रारामा भने पहिलो खेलबाटै बाहिरीयो ।

आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिए पछि आर्मी ट्राइब्रेकरको सिकार भयो । खेलको १८ औ मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीका खाता खोलेका थिए । एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलाई दिएको बललाई भरतले गोल गरे ।

धरानका लागि खेलको ६३ औ मिनेटमा खेलको म्यान अफदि म्याच बन्न सफल निशान लिम्बुले गोल गरे । ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे । त्यसै गरि आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे । सोमबारको खेल शसस्त्र प्रहरीको एपिएफ क्लब र थ्री स्टार विच खेल हुने छ ।

कमेन्टहरु
Loading...