नेपाल आर्मी १७ औं आहा रारा गोल्डकपको फाइनलमा

पोखरा, १६ फागुन /नेपाल आर्मी पोखरामा जारी १७ औ आहा रारा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । आर्मीले क्यामरुनको डफिन्स टिमलाई १–० गोलले पन्छाउँदै फाईनल यात्रा सुरक्षित गर्दै रुस्लान थ्रीस्टारसँग भेट पक्का गरेको हो । खेलको १३ औं मिनेटमा आर्मीले अग्रता लियो ।

दिपक गुरुङको लङक्रस बललाई तेजबहादुर बुढाथोकीले डिफेण्डरलाई विट गर्दै हानेको हेडिङले पोष्टको दिशा लिदै गोलमा परिणत भयो ।

खेलमा गोलको अवसर सृजना गरेका दिपक गुरुङ म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित १७ औं आहा रारा गोल्डकपको उपाधिको लागि शनिबार त्रिभुवन आर्मीले रुस्लान थ्रीस्टारसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...