Ganthan News Pokhara
All news from Pokhara & around

प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबलमा गण्डकीको सुखद शुरुवात

0

पोखरा/गण्डकी प्रदेशले चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं ५ लाई पराजित गर्दै सुखद नजिता आत्मसात गरेको छ ।

आजदेखि काठमाडौंमा शुरु भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले प्रदेश नं ५ लाई २५–११ म पहिलो सेट जित्दै सुखद बनायो । तर दोस्रो सेटमा भने गण्डकीले प्रतिस्पर्धात्मक रुपमा गुमाउन पुग्यो । २४–२६ सेटको अवस्थामा गुमाएको गण्डकीले तेस्रो सेट भने फेरी आक्रामक खेल्दै २५–१६ ले लिदैं अग्रता लियो ।

चौथो सेट पनि २५–२०ले लिदैं जित सुनिश्चित बनायो । गण्डकी प्रदेशका लागि सन्जुविक्रम शाह(कप्तान), हरि पाण्डे, याम क्षत्री, अमृत केसी, कमल सुनार, सुजन चोखाल, रबी सेन्चुरी, किरण गिरी, रुपेन्द्र गैह्रे, ठकबहादुर गुरुङ, राजेन्द्र दर्नाल्र र योगेन्द्र गुरुङ रहेका छन् ।

टिम प्रशिक्षकमा राजकुमार गुरुङ, सहायक प्रशिक्षक रमेश केसी र व्यवस्थापकमा महेन्द्र छन्त्याल छन् । टोलीलाई आँधीखोला स्पोर्टस क्लब स्याङजा(हङकङ)का अध्यक्ष शंकर गुरुङले जर्सी सहयोग गरेका थिए ।

प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने गण्डकी प्रदेशका प्रशिक्षक राजकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता २४ गतेसम्म सञ्चालन हुने छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु