मेसीको तीन गोलमा अर्जेन्टिना विश्वकपमा

काठमाडौं, २५ असोज /इक्वेडरविरुद्ध लियोनल मेसीको ह्याट्रिक मद्दतमा अर्जेन्टिना विश्वकप २०१८ का लागि छानिएको छ। बुधबार बिहान इक्वेडरविरूद्ध मेसीका तीन गोल हानेर रसिया विश्वकपमा अर्जेटिनाको सिट सुरक्षित गराएका हुन्।

खेलको सुरुमा इक्वेडरका रोमारियो इबोराले अर्जेन्टिनाविरूद्ध पहिलो गोल गरेका थिए। त्यसपछि मेसीले खेलको १२ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको २० औं मिनेटमा उनले दोस्रो गोल गरे।

दोस्रो हाफको ६२ औं मिनेटमा मेसीले तेस्रो गोल गर्दै इक्वेडरविरूद्ध ह्याट्रिक गरे। मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलेको इक्वेडरले हार व्यहोर्नु पर्यो। मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनौट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड समेत बनाएका छन् ।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन्। विश्वकप छनौट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो।

कमेन्टहरु
Loading...