नेपालका हाडा र श्रेष्ठलाई एटिएफ सर्किटको उपाधि

पोखरा, १४ मंसिर/ पाकिस्तानका नम्बर १ खेलाडी हसिस कुमारमाथि ह्याट्रिक गर्दै नेपालका शीर्ष बरियताका आरब हाडाले एटिएफ यु–१४ एटिएफ सर्किट २ ब्वाईज सिंगलको उपाधि उचालेका छन् ।

पाकिस्तानमै हाडाले हसिसलाई दुई पटक फाईनलमा पराजित गर्दै उपाधि रक्षा गर्दा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुक्रबार सर्किट २ मा तेस्रो पटक भेट भएको थियो । तेस्रो भेटमा पनि हाडाले हसिसलाई पराजित गर्दै उनी विरुद्ध ह्याट्रिक गर्दै इतिहास लेखाए ।

पहिलो सेट सहजै लिएको नेपालका शीर्ष बरियताका आरब हाडाले पाकिस्तान खेलाडी हसिस कुमारलाई पराजित गर्न तेस्रो सेटसम्म कुर्नुपर्यो । पहिलो सेट ६–० ले लिदैं लयमा देखिएका आरब दोस्रो सेटमा भने उस्तै लयबाट निकै टाढा रहे । पहिलो सेटमा हसिसको सर्भिस प्वाइन्ट ब्रेक गर्दै आफनो पक्षमा पार्दा दोस्रो सेट भने हसिसले आरबको खेल शैली बुझ्दै दोस्रो सेट आफनो कब्जामा राखे ।

दोस्रो सेट ३–४ को स्थितमा रहँदा आरबले हसिसको सर्भिस प्वाइन्ट ब्रेक गरे । तीन पटक ड्युज हुदैं लम्बिएको अवस्थामा अन्तत उनले तेस्रो पटकमा प्वाइन्ट ब्रेक गर्न सफल भए । त्यो सेटको अंक लिन र्याली निकै बेर लम्बिएको थियो । हसिसले स्पीन प्रहार गर्दै दबाव दिएपनि सफल भने हुन सकेनन् । अन्तत सर्भिस ब्रेक गर्दै आफनो पक्षमा पारेपछि आरब ५–३ ले अगाडि बढे ।

खेल जित्ने सम्भावना तर्फ उन्मुख हुदाँ आरबले लगातार तीन प्वान्ट गुमाउन पुगे । आफनो सर्भिसमा अंक जोड्दै ४–५ मा रहेका हासिसले धैर्यता पूर्ण र्याली गर्दै ५–५ को स्थितिमा पुर्याई छाडे । निकै महत्वपूर्ण मानिएको सेटमा आरबले आफनो सर्भिस अंकलाई गुमाए । आफनो सर्भिसमा अंक गुमाएपछि पाकिस्तानी शीर्ष बरियताका हसिसले खेलमा फर्किए ।

खेलमा ६–५ ले लिड गरे । आफनो अन्तिम सर्भिसमा अंक लिएपछि आरबलाई निराश बनाउँदै हसिसले खेल ७–५ ले दोस्रो सेट लिएर खेलमा फर्किए । तर निर्णायक सेट टाइब्रेकमा भने पाकिस्तानी खेलाडी हसिसको प्रभाव पोखरा रंगशालास्थित टेनिस कोर्टमा देखिएन् ।

आफनो सर्भिसदेखि नै दबावमा राखेका आरबले ४–० को अवस्थमा पुर्याउँदा खेल आरबको पक्षमा गएको थियो । सर्भिसलाई ब्रेक गर्दै १–४ को अवस्थमा ल्याएपनि हसिसले दोस्रो सेटमा जस्तै खेलमा फर्किने छाँट देखाएनन् । अन्त्यमा तेस्रो सेट ६–१ ले जित्दै उनीमाथि ह्याट्रिक जित भने आरबले दर्ता गरी छाडे ।

आरब सर्किट २ का शीर्ष बरियता खेलाडी हुन् भने हसिस सर्किट २ को दोस्रो बरियताका हुन् भने पाकिस्तानका यु–१४ को पहिलो बरियताका हुन् । यो जितले आरब आगामी जनवरी पछि एशियन टेनिस फेडेरेसनको नयाँ बरियतामा छलाङ मार्ने कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेलले बताए । उनका अनुसार आरब एशियन टेनिस यु–१४ मा २६ औ स्थानमा छन् ।

गल्र्स तर्फको उपाधि नेपालका शीर्ष बरियताकी सर्भानी श्रेष्ठले जितेकी छिन् । उनले शुक्रबार फाईनलमा भारतकी तेस्रो बरियताकी प्रियन्सी चौहानलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६–२ ले लिदैं सहज हुने विश्वास गरिएपनि दोस्रो सेटमा भने निकै सकस लिन बाध्य भईन् । दोस्रो सेट लिन उनलाई निकै कठिन भएपनि अन्तत ७–५ ले लिईन् । खेल ४–५ को स्थितिमा रहदाँ चौहानले अंक जोडेपछि खेल ५–५ मा पुरयाउँदै फर्किने संकेत देखाईन् । तर सर्भानीले लगातार आफनो र चौहानको सर्भिस ब्रेक गरेपछि जितको खुशीयाली मनाईन् ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
कमेन्टहरु
Loading...