मनकामना पोखरा कपमा एपिएफको विजयी सुरुवात

सागर राज तिमिल्सिना
पोखरा, ३० चैत /शसस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौ मनकामना केवलकार पोखरा कपमा विजय सुरुवात गरेको छ । विभागिय टिम एपिएफले मंगलवारको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमरालाई ४ — ० को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा रञ्जन विष्टले ह्याट्रिक पुरा गरे ।

मनकामना पोखरा कपमा एपिएफको विजयी सुरुवात
मनकामना पोखरा कपमा एपिएफको विजयी सुरुवात

खेलको ४ औ मिनेटमै गोल गर्दै अग्रता दिलाएका विष्टले १७ औं र ४८ औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरे । एपिएफको लागि नविन लामाले ४३ औं मिनेटमा अर्को गोल गरे । प्रतियोगिता अवधिभर दवाबमा खेलेको सिमराले गोलको खासै राम्रो अबसर सिर्जना गर्न सकेन । विजेता एपिएफले बैशाख ४ गते अन्तिम चारको लागि नेपाल पुलिस क्लब सगँ समना गर्ने छ । प्रतियोगिताको दोस्रो प्रि क्वाटरफाईनलमा बुधवार रुपन्देही ११ र रमपम झापा विच प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले विजेताले ५ लाख ५ हजार ५ सय ५५, उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्स, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने प्रयोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखरामा अन्तराष्ट्रिय सभा सम्मेलनदेखि अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता समेत गर्न सक्ने क्षमता रहेको बताए । प्रतियोगितामा भारतीय एक टिम सहित १२ टिम सहभागि रहने छ ।

कमेन्टहरु
Loading...