राष्ट्रिय महिला भलिबल उपाधिमा एपीएफ र डायमण्ड फाइनलमा

पोखरा, २६ भदौ/नेपाल आर्मीलाई पराजित गर्दै शसस्त्र प्रहरी बलको एपीएफ क्लब पोखराको लामाचौरमा

आयोजित तीजे महोत्सव अन्तर्गतको महिला राष्ट्रिय भलिबलको फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार दिउँसो लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बल

सामु नेपाल आर्मीको महिला भलिबल टोलीले प्रतिस्पर्धात्मक रुपमा खेल्दै अन्तत सोझो सेटमा पराजित हुन

पुग्यो । शसस्त्रले पहिलो सेट २५–२२ मा लिदाँ आर्मीले कडा चुनौति प्रस्तुत गर्यो । नेपाली भलिबल टोलीकी

प्रभावशाली स्पाईकर सरस्वती चौधरीको प्रेरणादायी खेलमा आर्मीमाथि जित निकाल्न सशस्त्रलाई सहज भने

हुन सकेन् । दोस्रो सेट २५–२० मा लिदैं सोझो सेट तर्फ सशस्त्र उन्मुख हुन पुग्यो । अन्तिम सेट पनि २५–२१ को

स्थितिमा लिएपछि शसस्त्र प्रहरी बल उपाधि रक्षाको यात्रामा हिड्दा आर्मी भने फेरी एकपटक पराजित हुदैं

सहभागितामा केन्द्रीत हुन पुथ्यो ।

यसैगरी दोस्रो सेमिफाईनल खेलमा शिव्म न्यु डायमण्डले भने चितवन टाइगर्सलाई सोझो सेटमै पन्छायो ।

पहिलो सेट २५–१७ ले लिएको न्यु डायमण्ण्डले दोस्रो सेट भने कठिन रुपमा लिन पुग्यो । २५–२३ मा दोस्रो सेट

आफनो पक्षमा पार्दै न्यु डायमण्डले तेस्रो सेट भने २५–१८ मा लिदैं पोखरामा बनाएको गर्विलो छविलाई जोगाउन

उद्दत देखियो । शिव्म न्यु डायमण्ड र शसस्त्र प्रहरी बल गत वर्षका फाईनलिष्ट टोली समेत हुन् ।

प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि पदक तथा प्रमाणपत्र

प्राप्त गर्ने छन् । नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र्रको अनुपस्थितिले प्रतियोगितामा केवल

५ टोलीले मात्रै प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा बेष्ट स्पाईकर, बेष्ट सर्भर, बेष्ट डिफेन्स, बेष्ट ब्लकर,

बेष्ट क्वीकर तथा बेष्ट कोचलाई विधागत रुपमा समेत पुरस्कृत गरिने आयोजक नवआदर्श सामुदायिक विकास

समाजले जनाएको छ ।

कमेन्टहरु
Loading...