शसस्त्र प्रहरी पोखरामा जारी पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा

पोखरा, ४ पुष /शसस्त्र प्रहरीको एपिएफ क्बल पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लेको छ । नेपाल भलिबल संघको आयोजना भएको आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगितामा शसस्त्रले ढोरपाटनलाई हराउदै शिर्षस्थानमा उक्लेको हो ।

बुधबार भएको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ढोरपाटनलाईसोझो सेटले पराजित गर्दै स्पष्ट ३ अंकका जोड्यो । शसस्त्रले २५–१२, २५–२१ र २५–१५ ले लिदैं स्पष्ट तीन अंक जोड्यो । चार खेलेको शसस्त्र भने ११ अंकसहित अंक तालिकामा शीर्षस्थानमा छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दुई अंक जोड्यो ।

बुधबार पोखरा रंगशालाास्थित कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो आफनो पक्षमा पार्दै खेलमा फर्कियो । २६–२४ ले लिदैं खेलमा फर्किएपनि आर्मीले तेस्रो सेटमा पुग्दा लय गुमायो । २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेटमा निकै दबावमा पर्यो ।

तर धैर्यता देखाएको आर्मीले चौथो सेट २५–९ मै खुम्चाएर बराबरी गर्यो । अन्त्यमा निर्णायक सेट पुरानै लय दोहोर्याउँदा १५–२ ले जित्दै अंक तालिकाको खातामा दुई अंक जोड्यो । चार खेलसँगै आर्मीले ९ अंक छ । नेपाल प्रहरी भने चार खेलबाट १० अंक छ । त्यसै गरी बुधबार नै भएको अर्के खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो । २५–१९, २५–१७ र २५–२१ मा हरायो ।

कमेन्टहरु
Loading...