एपीएफलाई राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि

पोखरा, २७ भदौ/सशस्त्र प्रहरी वलको एपीएफले यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि

जितेको छ । पोखराको लामाचौरमा संचालन भएको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित

प्रतियोगिताको फाईनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्धन्दी काठमाण्डौंको न्यू डायमण्डलाई ३–१ को

सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

बर्षादले पटक पटक प्रभावित हुदै भएको फाईनल खेलमा एपिएफले २५–२०, १८–२५, २५–१७, र २५–२१ को

सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । पोखरेली दर्शकको हुटिङ पाएको न्यू–डायमण्डले दोश्रो सेटमा जित

हासिल गरे पनि अन्य सेटमा उत्कृष्ट प्रर्दशन गर्न नसक्दा अन्ततः यस बर्ष पनि उपविजेतामा सिमित भएको छ

तेश्रो स्थानको लागि बुधबार भएको खेलमा चितवन टाईगरलाई त्रिभुवन आर्मीले ३–० को सोझो सेटमा पराजित

गरेको छ । आर्मीले चितवन टाईगरलाई २५–१८, २५–१८ र २५–१८ को सेटमा पराजित गर्दै पुरस्कार स्वरुप २५

हजार प्राप्त गर्यो ।

भलिवलमा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भईन । उनले ५ हजार पुरस्कार प्राप्त गरिन् ।

त्यसै गरी प्रतियोगितामा वेष्टस्पाईकर न्यू डायमण्डकी प्रतिमा माली, उत्कृष्ट व्लकरमा आर्मीकी सुनिता

खड्का, उत्कृष्ट सेटरमा एपिएफकी शसि चौधरी, उत्कृष्ट डिफेन्समा न्यू डायमण्डकी सैलेन्द्र श्रेष्ठ, उत्कृष्ट

प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र विष्ट, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी झर्ना श्रेष्ठ, क्विक स्पाईकरमा

एपिएफकी हिरा केसी घोषित भईन । विभिन्न विधामा उत्कृष्ट भएकालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता टिमले एक लाख, उपबिजेताले ६५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा तीन दिनसम्म संचालन भएको प्रतियोगितामा दुई

विभागिय सहित ५ मिटको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी र न्यु डामण्ड बिचको खेल

सशस्त्र प्रहरी र न्यु डामण्ड बिचको खेल

Posted by Ganthan.com on Wednesday, September 12, 2018

कमेन्टहरु
Loading...