अन्तरसामुदायिक भलिबल उपाधि बगरलाई

पोखरा, १५ भदौ /अन्तरसामुदायिक भलिबल उपाधि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले जितेको छ ।

पोखरामा आइतबार फाइनलमा सामुदायिक जिल्ला समन्वय समितिलाई सोझो सेटमा पराजित गर्दै सामुदायिक बगरले उपाधिसहित खसी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

उपविजेताले बोकासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । प्रतियोगितामा ७ टिमको सहभागिता थियो ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव अवसरमा पहिलो दिन भलिबल प्रतियोगिता भएको हो ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की वेष्ट स्काइकर, बैदामका डिएसपी कोमल शाह वेष्ट प्लेयर र बगरका दीपक थापा वेष्ट बलर घोषित भएको प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले जानकारी दिए ।

विजेतालाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे । सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमा भण्डारी र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।

यसैबीच, तीज सांस्कृतिक महोत्सवमा अवसरमा सामुदायिक बैदामले सोमबार तीज गीत प्रतियोगिता आयोजना गर्दैछ । विजयीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोेले ११ हजार, सान्त्वना २ समूहले जनही ४ हजार ५ सय रुपैयाँ पाउनेछ । यसैगरी, उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा जनही २ हजार रुपैयाँ दिइनेछ ।

कमेन्टहरु
Loading...