एन्फाको क्षेत्रिय फुटबल संघ गठन, अध्यक्षमा खेमबहादुर गुरुङ

पोखरा १६, माघ/अखिल नेपाल फुटवल संघका पदाधिकारी तथा सदस्यको उपस्थितिमा क्षेत्रिय फुटवल संघ, पश्चिमाञ्चल क्षेत्रिय फुटवल संघको पदाधिकारी तथा सदस्यको चयन भएको छ । एन्फा केन्द्रका बरिष्ठ उपाध्यक्ष मणि कुवंर, उपमहासचिव गणेश बहादुर भट्टराई तथा अन्य सदस्य सहितको बिशेष उपस्थितिमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।

क्षेत्रिय अध्यक्ष खेमबहादुर गुरुङले पदाधिकारी तथा सदस्य चयन गरेका हुन । संघको उपाध्यक्षमा द्धय मदन शेरचन (रुपन्देही) र हरिहर श्रेष्ठ (गोर्खा), सचिवमा विक्रम थकाली (कास्की), कोषाध्यक्षमा मदन केसी (कास्की) रहेका छन । त्यसै गरी सदस्यहरुमा टिका कार्की (कास्की), एल बी ज्वार्चन (स्याङजा), ज्योजि श्रेष्ठ (तनहुँ), रामराज गुरुङ (बागलुङ), सेन बहादुर पुन (नवलपरासि), शिव गुरुङ माया (कास्की), भरत शर्मा (पाल्पा), ओम गुरुङ (लमजुङ) रहेका छन । गत पुष २६ गते खेमबहादुर गुरुङलाई एन्फा केन्द्रले क्षेत्रिय अध्यक्षमा चयन गरेको थियो ।

कार्यक्रममा बोल्दै एन्फा केन्द्रका बरिष्ठ उपाध्यक्ष मणि कुवंरले फुटवल खेलको विकासको लागि ४५ जिल्लामा फुटवल खेलका प्रशिक्षकहरु नियुक्ति गरेको बताए । फुटवल खेलको जुन रुपमा अघि जानु पर्ने हो, विभिन्न कारणले गदा अघि बढ्न नसकेको बताउदै एन्फाले तल्लो स्तरबाटै फुटवल खेलको विकासको लागि जिल्लाहरुमा फुटवल एकेडेमी देखि फुटवल प्रशिक्षण जस्ता कार्यक्रमहरु संचालन गर्ने योजनामा रहेको कुवंरले बताए ।

रौतहटमा महिला फुटवल खेलाडीहरु बढी भएकोले त्यस क्षेत्रका महिला फुटवल खेलाडीहरुको लागि एकिकृत गर्ने उद्धेश्यले यही बर्ष भित्र १३ बर्ष मुनिका खेलाडीहरु सहभागि एकेडेमी संचालन गर्ने तयारी गरेको बरिष्ठ उपाध्यक्ष कुंवरले बताए । उनका अनुसार करीब २५ जना वालीकाहरुलाई त्यस क्षेत्रबाट छनौट गरी एकेडेमीमा राखेर शिक्षा, दिक्षा सहित फुटवल खेलको विकासको लागि एन्फा केन्द्र र रौतहट फुटवल संघको आयोजनामा संचालन हुने । आउदो चैत्र भित्र सुरु गर्ने तयारीमा आफुहरु रहेको जुन एकेडेमी महिलाको पहिलो एकेडेमी हुने उनले दाबी गरे ।

हाल महिला राष्ट्रिय फुटवल टिममा रौतहट क्षेत्रबाट करीब ५० प्रतिशत जसो खेलाडीहरु पर्ने गरेको कुंवरले दाबी गरे । महिला फुटवल खेलको धेरै सम्भावना देखेर सो क्षेत्रमा महिला फुटवल एकेडेमी संचालन गर्न लागेको उनले जनाए । कास्कीमा हाल राखेपबाट फुटवल प्रशिक्षक नभएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए । त्यसको बिषयमा आफुहरुले समन्वय गरी प्रशिक्षको व्याबस्था गर्ने कुंवरले बताए ।

एन्फाका उपमहासचिव गणेश बहादुर भट्टराईले पोखरामा कम्तिमा ४ महिनाको अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटवल प्रतियोगिता हुनुपर्नेमा जोड दिए । उनले भने “ पोखरालाइ हामीले खेलकुदको राजधानि मात्र भन्ने तर खेलकुदमा, खेलकुदको भौतिक संरचनामा लगानी गर्न डराउने यसमा कसरी खेलकुदको विकास हुन्छ, हामीले भोग्दै आएको दुई दशक भन्दा बढी भयो त्यही पुरानै संरचनामा खेल गतिविधि हुदै आएको छ । ” नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले विश्वकै लोकप्रिय खेल फुटवल जुन रुपमा नेपालमा विकास हुनुपर्ने तर फुटवल खेलमा नभएको बताए । रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले पोखरामा दुई ठुला प्रतियोगितालाई गति लिने गरी एन्फा केन्द्रले समय तालिका समयमै तोक्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...