एन्फा उपाध्यक्ष थापा सहारा एकेडेमीमा

पोखरा, ११ जेठ/अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ स्थित दोविल्लामा रहेको सहारा एकेडेमीको अध्ययन, अवलोकन गरेका छन।

एकेडेमीको अवलोकन गर्दै क्लवका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लवले गरेको कार्यको प्रशंसा गर्दै एकेडेमी संचालनको लागि आवश्यक सहयोग तथा प्राविधिक ज्ञान तथा सिपको लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

उनले भने “ सहारा एकेडेमी देशकै नमुना, एकेडेमी भएको छ, यसलाई दिगो रुपमा संचालन गर्न जसरी विभिन्न क्षेत्रबाट सहयोग आएको छ, यसमा हामी एन्फाले पनि केहि सहयोग गर्न चहान्छौं ।” कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सहारा एकेडेमी पोखराको गौरब भएको बताए । बताउनु भयो

हालै निर्वाचित उपाध्यक्ष थापालाई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्यले खादा लगायर एकेडेमीमा स्वागत गरेका थिए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक रहेको महा–सचिव विश्वराज बरालले बताए ।

कमेन्टहरु
Loading...