एन्फा कप पोखरा रंगशालामा जारी

पोखरा, ११ असार/कास्की जिल्ला फुटबल संघ (एन्फा)को आयोजनामा तेस्रो दिन पनि पोखरा रंगशालामा एन्फा कप जारी रहेको छ । आइतबार सम्पन्न खेलमा सैनिक आवाशिय महाविद्यालयले सिद्धार्थ माबीलाई ७–१ गोल अन्तरले पराजित गरेको छ ।

त्यसै गरि दोश्रो खेलमा शिव शक्ति माबीले समता शिक्षा सदनलाई ४–१ गोल अन्तर पाखा लगाएको छ । अन्य खेलमा बुद्ध चोकको सोसियल पव्लिक स्कुल हाइवे गार्डेन संग ३–२ गोलले बिजयी भएको छ भने टप्स माबीले शान्ति माबीलाई ३–० गोलले पराजित गरेको छ ।

यसै गरि शुक्रराज माबीले एसओएस माबीलाई टाइबे्रेकरमा ४–३ गोलले पराजित गरे पनि एसओएसले प्रोटेष्ट गरे पछि एसओएसलाई बिजयी बनाइएको छ । निर्धारित समयको ९० मिनेट सम्म दुबै बिद्यालयले ४–४ गोल गरे पनि एसओएसले अन्तिम समयमा प्रोटेष्ट गरेको थियो ।

यसै गरि अमर सिंह माबी र तारा कुञ्जको खेल पनि निर्धारित समयम गोल रहित बराबरीमा सकिए पछि टाइब्रेकरमा ताराकुञ्ज ४–२ गोलले बिजयी भएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार प्रतियोगितामा छात्र तर्फ ३८ टिम र छात्रा तर्फ ८ टिमको सहभागिता रहेका छन ।

कमेन्टहरु
Loading...