एन्फा कास्कीलाई एक लाख बढि सहयोग

पोखरा, ६ चैत्र /पोखराका खेलप्रेमी उत्तम गुरुङ्गले कास्की जिल्ला फुटबल संघलाई आर्थिक सहयोग प्रदान गरेका छन् । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे ।

गुरुङ्गले आफ्नों हजुरबुवा बिगलाल गुरुङ्गको स्मृतीमा उक्त रकम सहयोग गरेका हुन् । आउँदो बैशाखमा इलाममा हुन लागेको माइभ्यालि कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको कास्कीको फुटबल टिमका लागि उनले उक्त रकम सहयोग गरेका हुन् ।

संघ कास्कीका अध्यक्ष मिलन गुरुङ्गले सहयोगी गुरुङ्गप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा लिएको बताए । साथै उनले कास्कीको छुट्टै फुटबल टिम बनाइने भन्दै यसका लागि प्रायोजकहरुको खोजी भइरहेको जानकारी गराए ।

कमेन्टहरु
Loading...