एशियन गेममा रजत पदक ल्याउन सफल खेलाडिहरुलाई अभिनन्दन

पोखरा, २५ असोज / १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ (क्रस कन्ट्री पुरुष समुह विधा) खेलमा नेपालका तर्फबाट रजत

पदक प्राप्त गर्ने खेलाडिहरुलाई छिमेकी संघसंस्थाहरुले बुधबार सामुहिक अभिनन्दन गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा जन्मेका विमल अधिकारी तथा उनको टिमलाई छोरेपाटनमा रहेका ३७ वटा संघसंस्थाले

सामुहिक अभिनन्दन गरेका हुन । उक्त टिमले लामो समय पछि अन्तराष्ट्रिय खेलमा रजत पदक ल्याइ नेपालको नाम राख्न सफल

भएका थिए । उनिहरुलाई अभिनन्दन गराउने वातावरणको चाँजो पाँजो भने डेभिज फल क्लब र गुप्तेश्वर महादेव गुफा व्यवस्थापन

समितिले गरेका थिए ।क्लबका अध्यक्ष गोपाल वरालले क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद र सामाजिक कार्य गर्दै आएको वताउँदै युवा

लक्षित हरेक कार्यक्रम गर्न क्बल सहकार्य गर्न तयार रहेको वताएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले गर्ने भनिए तापनि उनको कार्य व्यस्तताले गर्दा वडा नं.

१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीलाई अख्तियारी प्रदान गरी कार्यक्रम स्थलबाट बाहिरिएका थिए । मेयर जिसीको सट्टा वडा अध्यक्ष

अधिकारीले खेलाडिहरुलाई अविर, माला र अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेका थिए ।

सबै खेलाडी तथा अफिसियललाई बुधबार विभिन्न आमा समुह, टोल विकास संस्था, सहकारी, विद्यालय, प्रहरी चौकी लगाएत ३७ वटा

संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अभिनन्दित गरेका थिए ।

छोरेपाटन विद्यालयको तर्फबाट प्रधानाध्यापक लक्ष्मण थापा र सहप्रधानाध्यापक डिल्लिराम शर्माले अभिनन्दन पत्रद्धारा अभिनन्दन

गरेका थिए भने छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष चुडामणी वरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डेभिज फल क्लबका अध्यक्ष गोपाल वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गुप्तेश्वर महादेव गुफा व्यवस्थापनका अध्यक्ष

विष्णुप्रसाद पौडेलले र कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष दिपक सुवेदीले गरेका थिए ।

कमेन्टहरु
Loading...