पोखरालाई हराउदै स्याङजा फुटबल संघ आदर्श कपको सेमिफाईनलमा

पोखरा, २१ भदौ / पोखरा ११ लाई हराउदै स्याङजा फुटबल संघ रिद्धिसिद्धी सिमेन्ट २४ औ आदर्श कपको

सेमिफाईनलमा पुगेको छ । बिहीबार लेखनाथ रंगशालामा भएको खेलमा स्याङजाले पोखरा ११ माथि ३–०

गोलको फराकिलो अन्तरले जितेको हो ।

खेलको २५ औं मिनेटमा पोखरा ११ ले आफनै पोष्टमा लक्ष्मण जिसीले गोल गरेपछि स्याङजा उपहार गोलसँगै

अग्रता लिएको थियो । स्याङजाका कप्तान लक्ष्मण रुचालले ३३ औं मिनेटम र ४५ औ मिनेटमा गोल गर्दै

अन्तरलाई तेब्बरको स्थितिमा पुर्याए । रुचाल खेलको म्यान अफ दि म्याच घोषित हुदै ५ हजार रुपैयाँ प्राप्त गरे

रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको २४ औं सस्करणको आदर्श कपमा पोखरा ११ निकै कमजोर देखियो

। बाग्लुङमा आयोजित प्रथम मेयर कपको फाईनलमा १–० गोल अन्तरले पराजित गर्दैै उपाधि उचालेको

स्याङजाले लेखनाथ रंगशालामा सेमिफाईनल प्रवेशको लागि पोखराको चुनौतिलाई सहजै पन्छाउँदै अन्तिम

चारमा पुग्यो । स्याङजाले आठजना ए डिभिजनका खेलाडीलाई मैदानमा उतार्दै खरो प्रदर्शन गरेको थियो ।

शुक्रबार शसस्त्र प्रहरी बलको एपीएफ काठमाडौं र विग्रेड ब्वाई क्लब काठमाडौं बीच हुने आयोजकले जनाएको छ

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी

सिमेन्टले शीर्षक प्रायोजन गरेको छ । प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ,

स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र

जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ ।

उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले

नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार

रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई

मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा

ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट

इण्डष्ट्रिज प्रालिले गरेको छ  ।

कमेन्टहरु
Loading...